सबैले मलाई कुल्चिएर जाने : नेपाली कविताहरु
सबैले मलाई कुल्चिएर जाने ,
म अन्नको साटो भएछु ,
मान्छेको मायालाई अंगालो हाल्ने ,
म धर्तीको माटो भएछु
म अन्नको साटो भएछु ,
मान्छेको मायालाई अंगालो हाल्ने ,
म धर्तीको माटो भएछु
कसैले मलाई खनेर फ्याकेछ ,
धेरैले मलाई लुटेर खाएछ ,
आकाशको पानी वर्षेर ,
मलाई कुटेर भागेछ
धेरैले मलाई लुटेर खाएछ ,
आकाशको पानी वर्षेर ,
मलाई कुटेर भागेछ
धानको बाला सुकेर जाला ,
झाँतोले पिसेछ ,
"ढुंगाको पनि मुटु हुन्छ " ,
माटोले भनेछ
झाँतोले पिसेछ ,
"ढुंगाको पनि मुटु हुन्छ " ,
माटोले भनेछ
माटोको माया देखेर ,
हेर ! चटानै हाँसेछ ,
ढुंगा हाँसेको देखेर
माटोले प्रिती पो गाँसेछ ,
हेर ! चटानै हाँसेछ ,
ढुंगा हाँसेको देखेर
माटोले प्रिती पो गाँसेछ ,
ढुंगाको फूल हातैमा राखी
कपालमा सिउरेछ ,
चटान पनि चूर-चूर भएर ,
माटोमै मिलेछ
कपालमा सिउरेछ ,
चटान पनि चूर-चूर भएर ,
माटोमै मिलेछ
माटो र ढुंगा अमर भएर
किनारमा बसेछ ,
दुवैको प्रिती जागेर आज ,
' बालुवा ' नाम भएछ
दुवैको प्रिती जागेर आज ,
' बालुवा ' नाम भएछ
आर्नोल्ड राई ,
सन्त मेरीज हिल ,
खर्साड्ग
सन्त मेरीज हिल ,
खर्साड्ग


Post a Comment