आकाशले छर्छ धर्तीले भर्छ : नेपाली कविताहरु
आकाशले छर्छ धर्तीले भर्छ,
हावाले फैलाउँछ,
तिमीले आज भुल फेरी गरे,
कोपिला ओइलाउँछ |
हावाले फैलाउँछ,
तिमीले आज भुल फेरी गरे,
कोपिला ओइलाउँछ |
तिम्रो त्यो बारी हाँस खेल गरी,
टिपेर खाइ हाल्छ,
जिन्दगी तिम्रो बन्दगी राखी,
मुटु चैं लैजान्छ |
टिपेर खाइ हाल्छ,
जिन्दगी तिम्रो बन्दगी राखी,
मुटु चैं लैजान्छ |
सोंचेर बस तलतिर हेर,
खुट्टा छ काँड़ामा,
युग युग देखि पर्खेको रहेछ,
गुराँस को डाड़ामा |
खुट्टा छ काँड़ामा,
युग युग देखि पर्खेको रहेछ,
गुराँस को डाड़ामा |
तिम्रो त्यो साथमा भाग्य छ हातमा,
आफैंलाई सम्भ्हाल,
भाग्य को भरमा मृत्यु को खोरमा,
देखाई देउ कमाल |
आफैंलाई सम्भ्हाल,
भाग्य को भरमा मृत्यु को खोरमा,
देखाई देउ कमाल |
संसारको रिती बजेछ सिटी,
पैसाको भाड़ामा,
नअल्झियोस फेरी जिन्दगी हाम्रो,
पाँच बर्से काँड़ामा |
पैसाको भाड़ामा,
नअल्झियोस फेरी जिन्दगी हाम्रो,
पाँच बर्से काँड़ामा |
आर्नोल्ड राई,
संत मरीज हिल,
खर्सांग,
दार्जीलिंग
संत मरीज हिल,
खर्सांग,
दार्जीलिंग


Post a Comment