युग बद्लिएर फर्की सकेछ : नेपाली कविताहरु
युग बद्लिएर फर्की सकेछ ,
घामहरू चर्की सकेछ ,
नीलो आकाशलाई आँखा तरेर ,
हेर ! बादलहरू फर्की सकेछ
धर्ती , आकाश भइ रोइ दिएछ ,
हावाको झोंकाले छोइ दिएछ ,
खून सबै सुकी सकेछ ,
केवल खोस्टा मात्र जीन्दगी भएछ
छुरीको प्रहारहरू सहन नसकी ,
धड़्कनहरू गन्ति गरेछ ,
रातों कम्बलले ढाकेर ,
जीन्दगीलाई बिदा भनेछ
असली मान्छे जलेर ,
चिता माथिको चित्कार भएछ ,
काग़ज़को फूलले सजिएर ,
नक्सली मान्छेको जय-जयकार भएछ
सम्भाली राख आफूलाई ,
रित्तो टिनको धोक्रो हो ,
तिमी हिज सुतेको ,
दार्जिलिंग तिम्रा कोक्रो हो
श्री आर्नोल्ड राई ,
सन्त मेरीज हिल ,
खर्साड्ग
घामहरू चर्की सकेछ ,
नीलो आकाशलाई आँखा तरेर ,
हेर ! बादलहरू फर्की सकेछ
धर्ती , आकाश भइ रोइ दिएछ ,
हावाको झोंकाले छोइ दिएछ ,
खून सबै सुकी सकेछ ,
केवल खोस्टा मात्र जीन्दगी भएछ
छुरीको प्रहारहरू सहन नसकी ,
धड़्कनहरू गन्ति गरेछ ,
रातों कम्बलले ढाकेर ,
जीन्दगीलाई बिदा भनेछ
असली मान्छे जलेर ,
चिता माथिको चित्कार भएछ ,
काग़ज़को फूलले सजिएर ,
नक्सली मान्छेको जय-जयकार भएछ
सम्भाली राख आफूलाई ,
रित्तो टिनको धोक्रो हो ,
तिमी हिज सुतेको ,
दार्जिलिंग तिम्रा कोक्रो हो
श्री आर्नोल्ड राई ,
सन्त मेरीज हिल ,
खर्साड्ग


Post a Comment