संसारमा आयौ, गीतहरु गायौ : नेपाली कविताहरु
संसारमा आयौ, गीतहरु गायौ,
निधारमा भाग्य लेखी,
आउनु र जानु ढोका हुन्छ खुल्ला,
नडराऊ जिन्दगी देखी |
निधारमा भाग्य लेखी,
आउनु र जानु ढोका हुन्छ खुल्ला,
नडराऊ जिन्दगी देखी |
मुटुको भार सबैमा हुन्छ,
छात्ती नै चर्किन्छ,
साहारा को घर तारा मा हुन्छ,
उकालो फर्किन्छ |
छात्ती नै चर्किन्छ,
साहारा को घर तारा मा हुन्छ,
उकालो फर्किन्छ |
हुरी र बतास नहुनु हतास,
आएर फेर्किन्छ,
जिन्दगीको साथी एउटा चै हुन्छ,
तिमीलाई पर्खिन्छ |
आएर फेर्किन्छ,
जिन्दगीको साथी एउटा चै हुन्छ,
तिमीलाई पर्खिन्छ |
बिहानी पखमा संसार को मेला,
छर्लङ्ग देखिन्छ,
भाग्य को रेखा सबैको हुन्छ,
आकाश मा लेखिन्छ |
छर्लङ्ग देखिन्छ,
भाग्य को रेखा सबैको हुन्छ,
आकाश मा लेखिन्छ |
तिम्राे चै भाग्य कलम मा हुन्छ,
पन्ना मा कोरिन्छ,
किताब को भाग्य हजार मा हुन्छ,
लाख संग जोडिन्छ,
जिन्दगी तिम्रो बालुवा मा खोज्दा,
पछाडी छोडिन्छ |
पन्ना मा कोरिन्छ,
किताब को भाग्य हजार मा हुन्छ,
लाख संग जोडिन्छ,
जिन्दगी तिम्रो बालुवा मा खोज्दा,
पछाडी छोडिन्छ |
बादल फाटेको निल गगन,
पुरानै घर को पुरानै आँगन ...............
पुरानै घर को पुरानै आँगन ...............
आर्नोल्ड राई,
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |
Post a Comment