गल्लिहरुमा पागल भयो : नेपाली कविताहरु
गल्लिहरुमा पागल भयो,
पापी मान्छे जालको,
देश रक्षा गर्ने जवान,
उ रहेछ गोर्खा राइफल को |
पापी मान्छे जालको,
देश रक्षा गर्ने जवान,
उ रहेछ गोर्खा राइफल को |
पाहाड पर्वत फर्की आएछ,
उसको जिन्दगीमा खर्लप्प,
ढुङ्गा जस्तो मुटु पनि,
स्वास्नीको लाशमा खसेछ आँसु तप्प |
उसको जिन्दगीमा खर्लप्प,
ढुङ्गा जस्तो मुटु पनि,
स्वास्नीको लाशमा खसेछ आँसु तप्प |
दुइ दिनको नानी काखमा बोकी,
उ भएछ मायालुको मलामी,
आगोको रापमा जलेको कान्छी लाई,
ठोकेछ अन्तिम सलामी |
उ भएछ मायालुको मलामी,
आगोको रापमा जलेको कान्छी लाई,
ठोकेछ अन्तिम सलामी |
नानीलाई बोकी, दुनियाँलाई देखि,
उसको होश खोलेछ,
संसारको माया ,परेको छायाँ,
नानीमा देखेछ |
उसको होश खोलेछ,
संसारको माया ,परेको छायाँ,
नानीमा देखेछ |
नानीको कोमल औंलालाई छोएर,
ममतालाई चाखेछ,
आफैलाई बिर्सी एक पल्ट हांसी,
'मंजु 'नाम राखेछ |
ममतालाई चाखेछ,
आफैलाई बिर्सी एक पल्ट हांसी,
'मंजु 'नाम राखेछ |
आर्काको हातमा राखेर नानी,
मुटुनै चर्केछ,
हात र खुटामा सौ पल्ट चुमी,
उ पल्टन फेर्केछ |
मुटुनै चर्केछ,
हात र खुटामा सौ पल्ट चुमी,
उ पल्टन फेर्केछ |
आउँदा -आउंदै ,जाँदा -जाँदै,
नौं वर्षा बितेछ,
ठुलो भयो छोरी, नौं वर्ष पुग्यो,
ढुक्क ले सुतेछ |
नौं वर्षा बितेछ,
ठुलो भयो छोरी, नौं वर्ष पुग्यो,
ढुक्क ले सुतेछ |
एक दिनको कुरा, लागेछ छुरा,
"हरायो छोरी" पल्टन मै सुनेछ,
यो कस्तो खबर आएछ भन्दै,
दुई कानै थुनेछ |
"हरायो छोरी" पल्टन मै सुनेछ,
यो कस्तो खबर आएछ भन्दै,
दुई कानै थुनेछ |
गोर्खाली सुट ,कान्पुरे बूट,
चोट माथी चोट सहनु सकेन,
उ फेरी पल्टन फेर्केन |
चोट माथी चोट सहनु सकेन,
उ फेरी पल्टन फेर्केन |
नौं वर्षको नानी हराएको,
सुनसान रातमा उ कराएको,
"मंजु ......छोरी......."
तीन वर्ष सम्म त्यही कन्पुरे,
त्यही मिलिटेरी कमेज,
शहरको गल्ली- गल्ली चिच्यायो,
"मंजु.........मंजु....."
सुनसान रातको सुन्यतामा,
फेरी उ करायो,
मझधारको जिन्दगी बोकी,
फेरी उ करायो,
मझधारको जिन्दगी बोकी,
कता हारायो, कता हरायो..........
अहिले पनि ,जब सुनसान रात हुन्छ,
प्रत्येक गाउँ ,प्रत्येक शहरमा,
कराउँ छ ,गल्ली -गल्ली घुम्छ,
प्रत्येक गाउँ ,प्रत्येक शहरमा,
कराउँ छ ,गल्ली -गल्ली घुम्छ,
आफ्नो छोरीलाई खोजी बस्छ...खोजी बस्छ.......!!!!
सबैले उसलाई मलामी चरा भन्छ |
आर्नोल्ड राई,
सत. मरीज हिल, खर्सांग,
दार्जीलिंग
सत. मरीज हिल, खर्सांग,
दार्जीलिंग
Post a Comment