मुटुको धेरै ढुक- ढुकी मा : नेपाली कविताहरु
मुटुको धेरै ढुक- ढुकी मा,
बाँच्नु आज खाँचो छ,
गोली लागेको मुटुमा,
रगत को लुगा साँचो छ |
बाँच्नु आज खाँचो छ,
गोली लागेको मुटुमा,
रगत को लुगा साँचो छ |
हेर ! नहेर त्यो पारी,
कसैको लाश लाँदै छ,
एक -अर्का को मलामी,
बाँस बोकेर जाँदै छ |
कसैको लाश लाँदै छ,
एक -अर्का को मलामी,
बाँस बोकेर जाँदै छ |
आफ्नो हरुको के कुरा,
घांटी काट्ने छुरा,
अर्काको भाषा, अर्काको आशा,
हुँदैन कहिल्यै पुरा |
घांटी काट्ने छुरा,
अर्काको भाषा, अर्काको आशा,
हुँदैन कहिल्यै पुरा |
दार्जीलिंग भन्ने सबैले चिन्ने,
हाम्रो आफ्नै भेग छ,
पानी रोटी जन्म दिन को,
हाम्रो प्यारो केक छ |
हाम्रो आफ्नै भेग छ,
पानी रोटी जन्म दिन को,
हाम्रो प्यारो केक छ |
रायो को साग, गुन्दुक र भात,
हाम्रो यहाँ भाग छ,
अतित को याद हरु जगाई हेर्दा,
नमेटिने मुटुमा दाग छ |
हाम्रो यहाँ भाग छ,
अतित को याद हरु जगाई हेर्दा,
नमेटिने मुटुमा दाग छ |
आर्नोल्ड राई,
संत मे रीज हिल,
खर्सांग,
दार्जीलिंग |
संत मे रीज हिल,
खर्सांग,
दार्जीलिंग |


Post a Comment