Header Ads

"बधाइ छ विमल गुरुङ र सहयोगीहरूलाई"

स्वामी स्वदेशानन्द(कनकधारा गुरुजी)

मैले धेरैपल्ट भनिसकेको थिएँ कि हामीलाई जीटीए थमाएर सरकारले तेलंगाना गठन गर्छ, त्यही भयो। शुरुवातमा विमल गुरुङको भनाइ कमेड़ीटाइप पनि भयो किनकि प्रणव मुखर्जीको छोरा र ममतलाई समर्थन गर्ने हल्ला पनि बजारमा व्यापक आयो अनि भाजपासँग मोह भंग गरेर काँग्रेससँग नाता जोड्ने विचार पनि यहाँहरूको नभएको हैन। त्यस बेला मैले भनेको थिएं कि गोर्खाल्याण्ड़ मुद्दालाई सधैं विपक्षमा नराखौं, देशमा मोदी लहर छ, ममता लहर छैन। ढ़ीलो भए पनि गोजमुमो टीमले भाजपलाई समर्थन गर्‍यो जो राम्रो भयो तर यदि बंगलाभाषी उम्मेद्वारलाई समर्थन गरिएको थियो भने सोह्रै आना भूल हुने थियो। (विश्वको इतिहासमा जल्ले आफैंलाई कुट्छ, जो आफ्नो अधिकर दिनुमा बाधक छ, उसैलाई समर्थन गर्ने नेता र जनता हाम्रै जातिमा मात्र देखिन्छ। ) अब जीत भयो धेरै कठीन संघर्षद्वारा। विभीषण जस्ता हाम्रा जातिका सदस्यहरूबीच कुनै पनि महती कार्य गर्नु भनेको सजिलो छैन। 

हाम्रो भलो हुने भन्दा अर्काको भलो गर्न खोज्ने हाम्रो मानसिकता हामीले छोड़िदिनुपर्छ। जिताएर मात्र हुँदैन, के का लागि जिताइएको हो त्यसको निम्ति पहल पनि गर्नुपर्छ.। हाम्रो निम्ति एउटो शकून राम्रो भएको छ जो ममताको सहयोग बिनै भाजपाको सरकार गठन हुँदैछ। यत्तिका वर्षसम्म विपक्षमा रहेको मुद्दालाई सत्तापक्षमा पुर्‍याउनु अनि राज्य सरकार र केन्द्रको बीच ताल-मेल नभएको बेला नै हामीले कूटनीतिक स्तरबाट गोर्खाल्याण्ड़ हत्याउन सक्नुपर्छ। सरकार बनिने बित्तिकै दार्जीलिङ र हाम्रो सम्बन्धित क्षेत्रमा विजय जुलुसका साथ साथ गोर्खाल्याण्ड़ बुलन्दीका नाराहरू लगाएर आकाश- पताल थर्काउनुपर्नेहुन्छ। यदि यसैपल्ट केही भयो भने भयो अन्यथा हाम्रो जातिको निम्ति केही हुनसक्दैन। यस बेला केन्द्रका पुलीस हाम्रो रक्षाको निम्ति खटाउनसक्नुपर्छ। अबको आन्दोलन दिल्लीमुखी हुनुपर्छ। सबै मिलौं, सबै जुटौ, साह्रै हाउड़े कुरा हैन, कामलाग्दो कुरा गरौं, अर्काको हैन, आफ्नै भर परौं। जय गोर्खा, जय गोर्खाल्याण्ड़, जय गोर्खाधर्म, जय गणतन्त्र भारत।


Powered by Blogger.