Header Ads

उसले ड़ाँड़ामा उभिएर : नेपाली कविताहरु


उसले ड़ाँड़ामा उभिएर,
मलाई ससार देखायो,
एउटा घुमाउने घरमा,
मलाई फनफनी घुमायो |


के सुनाऊ यहाँ,
जिन्दगीको ब्यथा,
संसार भरि सबैको,
हुन्छ एक एक कथा |


जसले जिन्दगी दियो,
उसैले मृत्यु बनायो,
आगो लागेको दुनियाँलाई,
उसैले पानी खनायो |


आउने जाने सडकहरुमा,
मान्छे हो कि साधु हो,
रुने हाँस्ने भीडहरुमा,
सांचै हो कि जादु हो |


उसैको हत्केलामा बसेर,
पानीमा नाउ चाले,
बिलाई जाने त्यो मुटु लाई,
मैले छातिमा टाले |


इच्छाहरु भन्दा भन्दै,
दिनहरु गन्छौ,
मरेपछि मनको इच्छा,
कसलाई आई भन्छौ |


आँखा भरि आँसु बनाई,
औलाहरु गन्यो,
छेउमा आई कान तानी,
मलाई उसले भन्यो |

.......... जिस्काएको पो त .........!!!!
खासमा मैले पनि जिस्काएको नै थिए ......!! 

आर्नोल्ड राई,
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |
Powered by Blogger.