Header Ads

दाह्रीवाल ‘गायिका’ले जिते युरोभिजन अवार्ड

युरोप क्षेत्रमा लोकप्रिय गायन प्रतियोगिता युरोभिजनको उपाधि दाह्रीवाल ‘गायिका’ले जितेका छन् । यिनैका कारण गत साता सम्पन्न युरोभिजन प्रतियोगिता अहिले बिश्वभर चर्चाको बिषय बनेको छ । तस्वीर देखिने यी बिजेता हुन अष्ट्रियाका ड्याग क्विन । जसको सक्कल झट्ट हेर्दा महिलाको जस्तो लाग्छ । सुरिलो स्वर, बारुले कम्मर, लामो कपाल र अनुहार पनि महिलाको जस्तो । तर, उनको अनुहारभरि झपक्कै कालो दाह्री छ । दाह्रीका कारण मात्र हैन, जैविकरुपमा यिनलाई भगवानले पुरुषकै स्वरुपमा जन्माइदिएका हुन् ।

किशोरअबस्था पार गर्दै गर्दा उनलाई लाग्यो कि आफु पुरुष भन्दा महिला हुँदा बढि न्याय हुन्छ । उनले आफुलाई महिलाका रुपमा बदल्न सुरु गरे । बिस्तारै सक्कल महिलाको जस्तो भयो, स्वर पनि महिलाको जस्तो बनाए । उनले पुरुष निशानी केही थियो त केवल दाह्रीमात्र । उनले त्यो निशानलाई मेट्न चाहेनन् । ड्याग क्विन अब कोन्चिता वर्स्ट बने । उनी सानै उमेरदेखि गीत गाउन रुचाउँथे । उही बेला केही प्रतियोगितामा सहभागी पनि भएका थिए । बदलिँदो स्वरुपसँगै उनले आफ्नो गायन यात्रालाई पनि अगाडी बढाए । गत साता युरोभिजन प्रतियोगिता जितेपछि उनी अहिले ग्रामी अवार्ड जित्ने सपना साँचिरहेका छन् । फोटो क्याप्सनः महिला बन्नुअघिका कोन्चिता अर्थात् ड्याग क्विन । उनले २५ बर्षको उमेरदेखि आफ्नो सक्कल परिवर्तन गरेका हुन् ।

Powered by Blogger.