Header Ads

तिमी झुकिदिएको शिरमा : नेपाली कविताहरु


तिमी झुकिदिएको शिरमा,
कालो केशको छाँया,
घन्टौं सम्म चुपचाप बस्ने,
भावना भित्रको माया |


एक्लो पनको दुनियाँमा,
मलाई हाँस्नु मन लग्यो,
तिमी हाँसेको देखेर,
फेरी मलाई बाँच्नु मन लाग्यो |


यो संसारको माया भित्र,
धेरै गहिराइ हुँदो रहेछ,
नौं डांडाको पारी पनि,
मुटुले मुटुलाई छुँदो रहेछ |


मिरमिरे बिहानीको उज्यालोमा,
निष्ठूरी भालेले जगायो,
"पर्ख -पर्ख "भन्दा भन्दै,
अदृश्य उ भै हाल्यो |


जति नै आँखा बन्द गरे पनि,
मैले उसलाई भेट्नु सकिन,
रातहरु धेरै गई सक्यो,
मैले कविता लेखिन |


आर्नोल्ड राई,
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |
Powered by Blogger.