Header Ads

सेलिब्रेटी बिन लादेनसँग फोटो खिचाउने होडबाजी

विश्वभरी प्रभाव जमाएको मुस्लिम अतिवादी समुह अल क्वायदाका नाइके ओसामा विन लादेनको छाया-छवी अफगानिस्तानको आकासमाथि उडिसक्यो । कुनै बेला थियो, लादेनको अनुहारसँग मेल खानेहरु गिरफ्तार हुन्थे र दुःख पाउँथे । तर, लादेनले यो धर्तीबाट बिदा लिएपछि अन्य लादेनहरुको हाईहाई सुरु भएको छ । ब्राजिलमा रहेको साओ पाउलो यस्तो सहर हो, जहां एक दर्जनभन्दा बढि होटल, बार र पसलका भित्ताहरु उनै विन लादेनका तस्विर सजिएका छन् । त्यही अचम्मको सहर साओ पाउलो । जहां एक अनौठा बार व्यावसायी छन्, फ्रान्सिस्को एल्डर ब्रागा फर्नान्डेस् । उनलाई झट्ट देख्नेहरु छक्क पर्छन् । र, झुक्किन्छन्, लादेनका जुम्ल्याहा यता आएछन कि भनेर । साँच्चै, फर्नान्डेस् एक सेलिब्रिटी बनिसकेका छन् । साओ पाउलो पुग्ने पर्यटक र यात्रुका उनी मुख्य आकर्षक बन्दै आएका छन् । 

यति लोकप्रीय छन् कि, पहिलोचोटी उनलाई देख्नेहरु अंगालो मारेर तस्विर खिचाउन आतुर हुन्छन् । ब्राजिलका यी ब्यापारीले यसैगरी आफ्नो धन्दा वर्षौंदेखि चलाउंदै आएका छन् । उनको अनुहार काटीकुटी लादेनसंग मिल्नु । लादेनसंग न उनको कुनै साईनो थियो न त चिनजान । बरु, ठिक उल्टो, फर्नान्डेस एक शान्तिप्रिय व्यावसायी हुन् । ५४ वर्षे यी बाज्रिलीयन केवल आफ्नो व्यावसाय फस्टाउन मात्रै चाहन्छन् । अचम्म त के भने, उनलाई कसैले वास्तविक नाम भनेर बोलाउंदैन । उनलाई बोलाइने नाम हो , ‘ओसामा’ या ‘लादेन’ । अनुहार उस्तै त छंदैथियो । उनले ब्यापारकै लागि ‘बारबास’ नाम रहेको आफ्नो बारको नाम परिवर्तन गरी ‘बार डु विन लादेन’ बनाए । जब, २०११ मा अलक्वायदाका नाइके विन लादेनको हत्या भयो । त्यसपछि त यी व्यावसायीको लोकप्रियता हृवात्तै बढ्यो । यतिसम्म कि, त्यहाँका केहि टेलिभिजन च्यानलहरुले उनलाई वास्तविक लादेनकै हुलियामा प्रस्तुत गराए । जतिवेला अमेरिकी तत्कालिन राष्ट्रपति जर्ज डब्लु वुस ब्राजिलको भ्रमणमा थिए । लादेनका ‘डुप्लिकेट’ फ्रान्सिस्को बुसलाई देखेर उनीसंगै अंगालो मारेर तस्विर खिचाउन आतुर थिए । तर, सुरक्षाकर्मीले रोकपछि उनको चाहना तुहियो । उनी भन्छन्, ‘म उनीसंग तस्विर खिचाउन चाहन्थें । तर, तीन सुरक्षा गार्डलेले मलाई तस्विर खिच्नबाट रोके । 

मैले उनलाई संकेत दिएँ र ति सबै मलाई हेरेर हाँसे ।’ फ्रान्सिस्को लादेनको व्यक्तिगत जीवनबारे उतिसारो जान्दैनन् । यद्यपी, उनी लादेनको नाम भजाएर आफ्नो व्यावसाय फस्टाउन सकेकोमा लादेनप्रति निकै आभारी छन् । भन्छन्, ‘मलाई उनको जीवनबारे धेरै जानकारी छैन । तर, उनी एक असल धार्मिक व्यक्ति भएकोमा मलाई विश्वास छ । उनी आफैंले कसैको पनि हत्या गरेनन् । सब उनका अनुयायीहरुले गरेका थिए ।’ फ्रान्सिस्को संगै, साओ पाउलो सहरका अन्य १ दर्जन भन्दा बढि व्यावसायीहरु लादेनको नाम बेचेर आफ्नो ब्यापार बढाउंदैछन् । ‘बिन लादेन बम्बास’, ‘बिन लादेन केभ’ जस्ता लादेनको नाम जोडेर नाइटक्लव, क्याफे र बार सञ्चालित छन् । साओ पाउलो सहरका किशोर किशोरीहरु पनि यस्तै क्लव र बारहरुमा जान औधी रुचाउंछन् ।
Powered by Blogger.