Header Ads

हाँस्दै खेल्दै बसेछ : नेपाली कविताहरु


हाँस्दै खेल्दै बसेछ,
आसमान बाट बिउ खसेछ,
कसको श्राप लागेछ कुनी,
मृत्यु भएर पसेछ |


मर्छु भनेर जान्दा जाँदै,
मर्नु साह्रै डर लाग्छ,
मान्छेले गरेको त्यो भूलले,
हामीलाई सहनु कर लाग्छ |


हामी हिड्ने बाटोहरुमा,
कालो सेतो सडक छ,
जिन्दगी र मृत्युको दुनियाँ,
अलि अलि फरक छ |


धेरै कथा कोरेर,
ढोका सबै खोलेर,
हामी सबै जानु छ,
यो संसार छेडेर |


फेरी पनि चली दिन्छ,
पागल हावाको झोंका हरु,
संसार भरि घुमी बस्ने,
हाम्रो जन्मिने धोकहरू |


आर्नोल्ड राई,
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |
Powered by Blogger.