Header Ads

तिम्रो मुटुमा बसी दिन्छु : नेपाली कविताहरु


तिम्रो मुटुमा बसी दिन्छु,
म सबैलाई भन्छु,
अघि -अघि हिंडी दिन्छु,
कहिले पछाडी परि दिन्छु |


यस्तै छ है जीवन को गीत,
माया गरेको साटो,
छोटो हुन्छ कि लामो हुन्छ,
जिन्दगी को बाटो |


मरी जान्छु भन्दा -भन्दै,
तिखो कान ले सुन्छ,
"माया गर्छु भनेर,"
कान मा आई भन्छ |


मन मा आको कुरा लाई,
मुख ले पो भनेछु,
छेऊ मा आएको मायालु देखी,
म बेहोश भएछु |


आर्नोल्ड राई,
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |
Powered by Blogger.