Header Ads

भिर को टाकुरा मा बसेर पनि : नेपाली कविताहरु

 भिर को टाकुरा मा बसेर पनि,
बाँच्ने धेरै आस रहेछ,
जहाँ मृत्यु को घेरा छ,
त्यहाँ मुटुको बास भएछ |


यदि धोका को झोंका छ भने,
तिमीलाई कसैले सुन्छ र,
हिंडने डुल्ने दान पुन मा घुम्ने,
जिउँदो भगवान हुन्छ र |


तातो पानी को पोखरी मा,
मान्छे को सबै घर छ,
हावा को झोंका एक थोपा पानी,
जिन्दगी को भर छ |


लोभी मन को धन हरु,
आफैं तिर तानी बस्छ,
जिन्दगी र मृत्यु को चाल्नी मा,
माटो र आगो मा छानी बस्छ |


आर्नोल्ड राई,
संत मे रीज हिल,
खर्सांग,
दार्जीलिंग |
Powered by Blogger.