सिम - सिमे पानी को कुइरो मा : नेपाली कविताहरु
सिम - सिमे पानी को कुइरो मा,
पानी को कुलो फुटेछ,
संखको माधुरो ध्वनिले,
भाग्य लाई फेरी कुटेछ |
पानी को कुलो फुटेछ,
संखको माधुरो ध्वनिले,
भाग्य लाई फेरी कुटेछ |
अहंकार को थप्पड़ी पड्काएर,
ओठ को भित्र राखेछ,
क्यान्सर को धेरै बिउहरु,
आफ्नै पेटमा रोपेछ |
ओठ को भित्र राखेछ,
क्यान्सर को धेरै बिउहरु,
आफ्नै पेटमा रोपेछ |
पुर्व दिशा को अधुरो यात्रा,
पश्चिम तिर पुगेछ,
आज फेरी चालै नपाई,
ड़ाँड़ा पारी लुकेछ |
पश्चिम तिर पुगेछ,
आज फेरी चालै नपाई,
ड़ाँड़ा पारी लुकेछ |
घर भित्र को चर्केको भित्ता,
आँशुले भिजाई टालेछ,
सुकी सकेको हात हरुले,
घर - संसार लाई पालेछ |
आँशुले भिजाई टालेछ,
सुकी सकेको हात हरुले,
घर - संसार लाई पालेछ |
राम्रो - नराम्रो यो दुनियाँलाई,
आँखाले हेरी चालेछ,
स्वार्थी रहेछ सांचै संसार,
भनेर उसले जानेछ |
आँखाले हेरी चालेछ,
स्वार्थी रहेछ सांचै संसार,
भनेर उसले जानेछ |
आर्नोल्ड राई,
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |


Post a Comment