Header Ads

होटलमा सुनका ओछ्यानः एक रातको ४५ लाख

२४ क्यारेट सुनको लेपन लगाइएका बेड, निकै पारिवारिक वातावरण, असाधारण सेवा टोय वार्नर पेन्ट हाउस होटलको विशेषता हो । अमेरिकाको सबैभन्दा महंगो होटलको रुपमा रहेको टोय वार्नरमा एक रात बिताउन चाहनुहुन्छ भने तपाइँसँग झण्डै ४५ लाख रुपैयाँ चाहिनेछ । म्यानहटनको रहेको यो होटलबाट पूरै सहरको दृश्यावलोकन गर्न सकिन्छ । यो होटलको अर्को रोचक कुरा त के भने यसले आफ्ना सबै ग्राहकलाई बसुन्जेल निजी सहायक अर्थात् पिए समेतको व्यवस्था गर्छ । त्यस्तै एक ड्राइभर र गाडि पनि । जसले पूरै सहर घुमाउनेछ । शाही सुविधाको यो होटलको बेडहरु २४ क्यारेटको सुनको लेपन लगाइएका छन् । २४४ मिटर अग्लो भवनमा रहेको यो होटलको डिजाइन आइ एम पेरी तथा पिटर म्यारिनो नामका दुइ आर्किटेक्टले गरेका हुन् र ७ वर्ष लगाएर यसको निर्माण गरिएको थियो ।
Powered by Blogger.