कल्कले पानी त्यो सानो नानी : नेपाली कविताहरु
कल्कले पानी त्यो सानो नानी,
खुट्टा लाई धुँदै छ,
मरेको आमा सम्झेर होला,
साहारै नै रुँदै छ |
खुट्टा लाई धुँदै छ,
मरेको आमा सम्झेर होला,
साहारै नै रुँदै छ |
के लाउनु जुत्ता त्यो खाली खुट्टा,
थरथरी काम्दै छ,
यो पापी संसार त्यो कोमल हात ले,
बिस्तारै छाम्दै छ |
थरथरी काम्दै छ,
यो पापी संसार त्यो कोमल हात ले,
बिस्तारै छाम्दै छ |
अर्काको घर मा काम गरी बस्नु,
बोरामा सुतेछ,
आमा को काखा सम्झेर होला,
बोरामै मुतेछ ,
चार बाजी राती सुतेकै ठाउँ मा,
बेस मारी कुटेछ |
बोरामा सुतेछ,
आमा को काखा सम्झेर होला,
बोरामै मुतेछ ,
चार बाजी राती सुतेकै ठाउँ मा,
बेस मारी कुटेछ |
तिन बर्से नानी भएछ नोकर,
निस्ठुरी जगत मा,
के बग्छ खुन के बग्छ आगो,
मान्छे को रगत मा |
निस्ठुरी जगत मा,
के बग्छ खुन के बग्छ आगो,
मान्छे को रगत मा |
सभ्य भन्ने संसार मा हेर हेर,
मानौता झरेछ,
सानो त्यो मुटु सानो त्यो हात,
जोरो ले मरेछ |
मानौता झरेछ,
सानो त्यो मुटु सानो त्यो हात,
जोरो ले मरेछ |
आर्नोल्ड राई,
संत मेरीज,
खर्सांग,
दार्जीलिंग |
संत मेरीज,
खर्सांग,
दार्जीलिंग |


Post a Comment