अन्धकार भित्र आँखा उघारी : नेपाली कविताहरु
अन्धकार भित्र आँखा उघारी ,
उकालो बाटो लागेछ ,
के भन्यो कुनि , यो पापी जुनी ,
चिरेर मुटुलाई भागेछ
उकालो बाटो लागेछ ,
के भन्यो कुनि , यो पापी जुनी ,
चिरेर मुटुलाई भागेछ
मुटु र धड्कन , हातमा राखी ,
देउताको थानमा राखेछ ,
भगवानले दिएको वरदान सोची ,
खुनको छिट्टा चाखेछ
देउताको थानमा राखेछ ,
भगवानले दिएको वरदान सोची ,
खुनको छिट्टा चाखेछ
भगवानको घरमा , भाग्यको भरमा ,
सुखै - सुखलाई मागेछ ,
" हे इश्वर ! " भनी , मुटुलाई राखी ,
ओह्रालो बाटो लागेछ
सुखै - सुखलाई मागेछ ,
" हे इश्वर ! " भनी , मुटुलाई राखी ,
ओह्रालो बाटो लागेछ
उज्यालो जातको , कथा एकै रातको ,
बेस्सरी पानीले कुटेछ ,
बुझ्न सकेन जीन्दगीलाई ,
सपना बाट उठेछ
बेस्सरी पानीले कुटेछ ,
बुझ्न सकेन जीन्दगीलाई ,
सपना बाट उठेछ
छानी - छानी , हातले तानी ,
बुनेको स्वेटर लगाएछ ,
एकै ठाँउ सुतेको , उठाउँनु खोज्दा ,
स्वास्नी मरेको पाएछ
बुनेको स्वेटर लगाएछ ,
एकै ठाँउ सुतेको , उठाउँनु खोज्दा ,
स्वास्नी मरेको पाएछ
आर्नोल्ड राई ,
सन्त मेरीज हिल ,
खर्साड्ग
सन्त मेरीज हिल ,
खर्साड्ग


Post a Comment