चिर निन्द्राको अन्ध्यारो घरले : नेपाली कविताहरु
चिर निन्द्राको अन्ध्यारो घरले ,
शायद मलाई रोजेछ ,
कमुलो मुटुको बलियो भाग्यले ,
फेरि मलाई खोजेछ
शायद मलाई रोजेछ ,
कमुलो मुटुको बलियो भाग्यले ,
फेरि मलाई खोजेछ
मृत्युको कालो छाँया देखि ,
जातिलाई सोचि तर्किएछु ,
मरू - भूमिको पल्लो छेउ पुगी ,
म फेरि फर्किएछु
जातिलाई सोचि तर्किएछु ,
मरू - भूमिको पल्लो छेउ पुगी ,
म फेरि फर्किएछु
मुटु भरि - भरि बोकेको ,
जातिको धेरै माया छ ,
मलाई सधैं पच्छाइ रहने ,
मृत्युको कालो छाँया छ
जातिको धेरै माया छ ,
मलाई सधैं पच्छाइ रहने ,
मृत्युको कालो छाँया छ
छात्तीमा राखेर , जातिलाई ताकेको ,
मूल ढोकालाई खोल्नु ,
आफ्नो अस्तित्व बचाइ राख्नु ,
गोर्खाली भाषा बोल्नु
मूल ढोकालाई खोल्नु ,
आफ्नो अस्तित्व बचाइ राख्नु ,
गोर्खाली भाषा बोल्नु
आफ्नो जातिको तल - माथि ,
आफ्नै भित्र राख्नु ,
औषधिको प्याला पोखेर जाला ,
अलिकति चाख्नु
आफ्नै भित्र राख्नु ,
औषधिको प्याला पोखेर जाला ,
अलिकति चाख्नु
श्री आर्नोल्ड राई ,
सन्त मेरीज हिल ,
खर्साड्ग
सन्त मेरीज हिल ,
खर्साड्ग


Post a Comment