सुन्दर सपना सजाइ राख्ने : नेपाली कविताहरु
सुन्दर सपना सजाइ राख्ने ,
कहाँ गए ती रातहरू ?
रातो रगतको एउटै सन्तान ,
कसले बनायो जातहरू ?
कहाँ गए ती रातहरू ?
रातो रगतको एउटै सन्तान ,
कसले बनायो जातहरू ?
जिउँदो प्राणीलाई नांगो बनाउँने ,
कथा रहेछ ऊनको ,
मरेपछि संगै लाने ,
कस्को माटो छ सुनको ?
कथा रहेछ ऊनको ,
मरेपछि संगै लाने ,
कस्को माटो छ सुनको ?
सबैको याद सड़ेर गयो ,
निशानी भनी छोड़ेर गयो ,
फूलहरूको थाक माथि ,
एकमुठी माटोले थिचेर गयो
निशानी भनी छोड़ेर गयो ,
फूलहरूको थाक माथि ,
एकमुठी माटोले थिचेर गयो
जाने बेलाको सांझ भयो ,
कसले , कसलाई बोक्छ र ?
भगवान बस्ने भत्किएको मन्दिरमा ,
कसले आई ढोग्छ र ?
कसले , कसलाई बोक्छ र ?
भगवान बस्ने भत्किएको मन्दिरमा ,
कसले आई ढोग्छ र ?
श्री आर्नोल्ड राई ,
सन्त मेरीज हिल ,
खर्साड्ग
सन्त मेरीज हिल ,
खर्साड्ग


Post a Comment