इबोलाबाट अहिलेसम्म 'चारहजार बढीको मृत्यु'
विश्व स्वास्थ्य संगठनले इबोलाका कारण मृत्यु हुनेको संख्या चार हजार नाघिसकेको बताएको छ। पश्चिम अफ्रिकी मुलुकहरु गिनि, लाइबेरिया र सियरालियोनमा गरी ४ हजार २४ मृत्यु भइसकेको पछिल्लो तथ्यांक छ। नाइजेरियामा आठ र अमेरिकामा १ जनाको मृत्यु पनि यो रक्तश्राव हुने ज्वरोका कारण भएको छ। प्रमाणित भइसकेको र आशंका रहेको गरी करिब साढे आठ हजार जना मुख्यगरी पश्चिम अफ्रिकामा यो जीवाणुबाट संक्रमित भएको बताइन्छ।
घातक तथ्यांक
संयुक्त राष्ट्र संघका अनुसार पश्चिम अफ्रिकामा २सय३३ भन्दा बढि स्वास्थ्यकर्मीहरु इबोला संक्रमणका कारण ज्यान गएको छ जुन विश्वको अहिलेसम्मको सबभन्दा घातक तथ्यांक हो। स्पेनमा पनि एकजना नर्सको इबोला संक्रमणका लागि उपचार भइरहेको छ। उनी लाइबेरियाबाट स्वदेश फर्काइएका एकजना इबोला विरामीको उपचारक्रममा संक्रमित भएकी थिइन्। यसैबीच एकजना बरिष्ठ स्वास्थ्य अधिकारीले इबोलाको प्रकोप यति गंभीर बन्ला भन्ने विश्वका विज्ञहरुले अनुमानै नगरेको बीबीसीलाई बताएका छन्। विश्व स्वास्थ्य संगठनका प्रवक्ता क्रीश डाइले भने, "विश्वव्यापी प्रतिक्रियाले सहयोग पुगिरहेको छ र अब अगाडि के हुन्छ हेर्नुछ।"
बढ्दो
उनी भन्छन्, "यो समस्यासँग जुझ्न हामीले एक अरब डलर मागेका थियौं अहिले ३० करोड डलर प्राप्त भयो। हामीलाई आवश्यक आधा भन्दा केहि कम रकम त प्राप्त छ तर आवश्यकता द्रुत गतिमा बढ्दो छ।" स्वास्थ्य सम्बन्धी परोपकारी संस्था मेडसाँ साँ फ्रन्तेयर्स (एमएसएफ)ले इबोला भाइरस फैलिनेबारे गत एप्रीलमै चेतावनी दिएको थियो तर त्यसबेला विश्व स्वास्थ्य संगठनले इबोला कहिल्यै महामारीको रुपमा नरहेको र अभूतपूर्व पनि नभएको भन्दै त्यसलाई खासै महत्व दिएको थिएन। यसैबीच शुक्रबार एमएसएफले गिनिको राजधानी कोनाक्रीमा स्थीर भएको ठानिएको इबोला संक्रमण पुन द्रुत गतिमा बढिरहेको बताएको छ।

Post a Comment