कालेबुङमा नशालु पदार्थसितै युवक पक्राउ
कालेबुङ : नशालु पदार्थ बेचबिखनको आरोपमा पुनः राजेश अग्रवाल (35) नामक एक युवकलाई पक्राउ गरिएको छ। भारी मात्रामा नशालु पदार्थसितै बुधबार राती 12 बीजतिर स्थानीय आठमाईल परिसरबाट अग्रवाललाई पक्राउ गरिएको हो। सिलगढीबाट कालेबुङ आइरहेको समय गोप्य सूचनाको आधारमा पुलिसले उनलाई पक्राउ गर्न सक्षम बनेको हो। मूल रूपमा स्थानीय मेनरोड निवासी आरोपी युवकबाट 58 बोतल आर. कफ सिरफ, 12 पत्ता एसपी अनि 10 पत्ता एन्टेन जफत गरिएको छ। उनीविरूद्ध कालेबुङ पुलिसले ड्रग एण्ड कस्मेटिक एक्ट अन्तर्गत मामिला दर्ता गरेको छ। स्मरण गराइन्छ, दुई दिनअघि स्थानीय एक युवती पुनम छेत्रीलाई नशालु पदार्थ बेचबिखनको आरोपमा पक्राउ गरिएको थियो। युवतीबाट 2 हजार 8 सय 93 फाइल एसपी, 396 फाइल एन्टेनसहित पुलिसले नगद राशी 3 लाख 86 हजार 90 रुपियाँ फेला पारेको थियो।


Post a Comment