३० करोडमा बिक्यो नेपोलियन बोनापार्टको टोपी
पेरिस। फ्रान्सका शासक नेपोलियन बोनापार्टको टोपी झण्डै ३० करोड रुपैयाँमा बिक्रि भएको छ। एक दक्षिण कोरियाली पुरुषले उक्त टोपीलाई १९ लाख युरोमा खरीद गरेका हुन्। सन् १८०० मा म्यारिंगोको युद्धका क्रममा नेपोलियनले उक्त घुमाउने टोपी (ह्याट) लगाएका थिए । पछि उनले उक्त टोपी आफ्ना पशु चिकित्सकलाई दिएका थिए। नेपोलियनले लगाएका १९ वटा टोपीमध्ये यो एउटा टोपी हो। मोनाकोका शाही परिवारले नेपोलियनको टोपी लगायतका अन्य सामानको लिलामी गरेका हुन्। मोनाकोका तत्कालिन राजा प्रिन्स लुइ द्धितियले गरेका थिए । लुइ द्धितीय मोनाकोका वर्तमान राजा पि्रन्स अल्बर्टका जिजुबा हुन्। मोनाकोको राजपरिवारले यो लिलामीबाट प्राप्त रकमबाट राजदरबारको मर्मत गर्ने बताइएको छ। लिलामी आयोजना पूर्व नेपोलियनको उक्त टोपी ३-४ लाख युरोसम्ममा बिक्ने अनुमान गरिएको भएपनि दक्षिण कोरियाका टी के ली नामका व्यक्तिे उक्त टोपीलाई १९ लाख युरोमा खरीद गरे। नेपोलियन बोनापार्टले सन् १८०४ मा आफुलाई फ्रान्सको सम्राट घोषित गरेका थिए। सन् १८१५ को वाटरलू युद्धमा हार्नुअघि उनले युरोपका धेरै देशमा विजय प्राप्त गरिसकेका थिए।





Post a Comment