बिन्द्र बनको कालो धनको : नेपाली कविताहरु
बिन्द्र बनको कालो धनको,
ढोकाहरु कहाँ खोल्छ र ?
सबै लुटाई निधार फुटाई,
ढुङ्गाको मुर्ति कहाँ बोल्छ र ?
ढोकाहरु कहाँ खोल्छ र ?
सबै लुटाई निधार फुटाई,
ढुङ्गाको मुर्ति कहाँ बोल्छ र ?
छत्र छायाँ को तिर बोकेर,
घुमी हिंड्ने शिकारी,
दान पुन को थाल माथी,
रोएछ यहाँ भिखारी |
घुमी हिंड्ने शिकारी,
दान पुन को थाल माथी,
रोएछ यहाँ भिखारी |
आँफु रोएर अरुलाई हँसाउने,
निशानी छोडेछ गुण को,
रित्तो पेट नै मरी दिएछ,
मुर्ति बनेछ सुन को |
निशानी छोडेछ गुण को,
रित्तो पेट नै मरी दिएछ,
मुर्ति बनेछ सुन को |
ममता र माया को छायाँ मा,
जन्मदै एउटा जाल झर्यो,
पसिना चुहुने निधार मा,
एउटा रेखा मा काल पार्यो |
जन्मदै एउटा जाल झर्यो,
पसिना चुहुने निधार मा,
एउटा रेखा मा काल पार्यो |
घांटीलाई छोप्ने गलबन्दी हुन्छ,
चिचायो करायो कसले पो सुन्छ,
एक बार को जीवन मा,
नरोए हुन्छ |
चिचायो करायो कसले पो सुन्छ,
एक बार को जीवन मा,
नरोए हुन्छ |
कसैले देखेन कसैले छोपेन,
चलेको हावालाई कसैले भेटन,
चिहान बहने निशानी रहयो,
खनेको खाडलमा जिन्दगी अँटेन |
चलेको हावालाई कसैले भेटन,
चिहान बहने निशानी रहयो,
खनेको खाडलमा जिन्दगी अँटेन |
आर्नोल्ड राई,
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |


Post a Comment