Header Ads

सानो तिनो छिनो गाडिएको : नेपाली कविताहरु


सानो तिनो छिनो गाडिएको,
ऐना जस्तो फुटेको अंश हरु,
मन्दिर वरी परी घुम्दो रहेछ,
साँचो भगवान को बंश हरु |


प्रवेश द्वार मा ठुलो स्वर मा,
बजी दिने घन्टी हरु,
बिदा भन्दै फर्फराउने,
बादल पारी को झन्डी हरु |


अघि पछी त्यस्तै हो,
हामीलाई सिधा ताकेको छ,
हाम्रो आँखाले नदेखे पनि,
ताकमा सजाई राखेको छ |


हामी जाने गाउँ भने,
माटो भित्र को कुवा,
पुर्व पच्छिम उतार दक्षिण को,
कालो मुस्लो धुवाँ |


सङ्ख बज्दा घन्टी बज्दा,
पर्खेर बस्ने अंश हरु,
ठेला ठेल गरी लिनु आउने,
हाम्रै अघि को बंश हरु |


एक पछी अर्को,
लाग्छ साहारै झर्को,
घाम लाग्छ चर्को,
हुन्छ जन्म अर्को |


आर्नोल्ड राई,
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |
Powered by Blogger.