Header Ads

आउंदा जाँदा बाटो हरुमा : नेपाली कविताहरु


आउंदा जाँदा बाटो हरुमा,
मैले हेर्नै पर्छ,
मलाई नहेरी गयौ भने,
मर्छु की भन्ने डर छ |


सिधै मलाई नेहेरे पनि,
माया गर्छु भने कसले सुन्छ,
ओंठ को लाली झरी पो जाला,
छड्के आँखाले हेरे हुन्छ |


योवन को नौलो बाटो हरुमा,
तिम्रै छ माया को भर,
डाँड़ा को छेऊ मा ढुंगा को मुनि,
त्यही हो मेरो घर |


काले छ भाले खोर भित्र हाले,
भोली त आउँछ नै,
कुकुरी काँ भनेर गीत,
भोली त गाउँछ नै |


झ्यांग भित्र लुकी त्यही मौका छोपी,
भालेलाई समाउछु,
तिमीलाई भनी छानी तानी,
धन फेरी कमाउँछु |


मिठो मोठो कुरा सुनी,
स्याल सहारै रमायो,
अन्धकार रात मा अर्कै त्यो जात मा,
ब्वाँसो लाई समायो |


प्रीत को गीत अर्कै को जीत,
झ्याल भित्र पाएछ,
ढोका नै नखोली बाहिर सुन्दा,
स्याललाई नै खाएछ |


आर्नोल्ड राई,
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |
Powered by Blogger.