आएछ यौवन सम्हाली राख : नेपाली कविताहरु
आएछ यौवन सम्हाली राख
बाघले पो खाला है
समयको भेटमा जीवनको गेटमा
ताला पो लाग्ला है ।
सांचेर राखे बाँचेर आए
झारेछु बाटोमा
सिंदूरको बट्टा कता हो कता
सिउँदो छ माटोमा ।
आधा त्यों जून परेको खून
आलै छ बिहानमा
तिन बर्स पछी फर्केर आए
भेट भयो चिहानमा ।
तिम्रो यो माटो छातीमा राखी
लगेर जाँदैछु
सिँदूरको साटो ओरालो बाटो
फर्केर जांदैछु ।
यो आँखाहरु आँसुमा परी
रुन्छ की रुँदैन
यो जीवन भरी हाम्रो फेरी भेट
हुन्छ की हुँदैन ।
आर्नोल्ड राई...।
बाघले पो खाला है
समयको भेटमा जीवनको गेटमा
ताला पो लाग्ला है ।
सांचेर राखे बाँचेर आए
झारेछु बाटोमा
सिंदूरको बट्टा कता हो कता
सिउँदो छ माटोमा ।
आधा त्यों जून परेको खून
आलै छ बिहानमा
तिन बर्स पछी फर्केर आए
भेट भयो चिहानमा ।
तिम्रो यो माटो छातीमा राखी
लगेर जाँदैछु
सिँदूरको साटो ओरालो बाटो
फर्केर जांदैछु ।
यो आँखाहरु आँसुमा परी
रुन्छ की रुँदैन
यो जीवन भरी हाम्रो फेरी भेट
हुन्छ की हुँदैन ।
आर्नोल्ड राई...।


Post a Comment