भगवान् सँग दाँजो खोज्दा : नेपाली कविताहरु
भगवान् सँग दाँजो खोज्दा
मान्छेको घमँड सोंचदा
पेटको मैला माथी चड़ेछ
मान्छेको ज्ञान पेटमा झरेछ ।
मेरो तेरो भन्दा भन्दै
हराई गएछ मझधारमा
सुर्य पनि बिलाई दिएछ
कसले खोज्ने यो अँधकारमा ।
ज्ञानले आकाश छुंदा छुंदै
निरौता भएछ मनौताको
उज्यालो फेरी खोज्नु सकेन
झम्का भेट भएछ सुन्यताको ।
बादल बिनाको पानी परेछ
यो कसको सृश्टि हो
सूर्य बिनाको तातो हावा
यो कस्तो दृष्टी हो ।
उज्यालो सँधैलाई मरी दिएछ
अन्द्यारोलाई बाँच्नु लाएछ
रातै रात भए पनि
जून को उज्यालो सँधैलाई पाएछ ।
मधुरो उज्यालो भए पनि
आँखाको रोसनी बढे छ
हूजेती गर्दा पृथिवी सँग
विज्ञान ठोकींदा भूगोल लड़ेछ ।
बिस्तारो बिस्तारो यो धरातलमा
उत्पती पनि सकिएछ
विज्ञान ठोकींदा उज्यालो रोकिंदा
मान्छेको ज्ञान मक्किएछ ।
खान र लाऊँनको होड़ बाजीमा
मान्छे नै हो तर गिद्ध भएछ
ज्ञानको घमण्डले बुद्धी घटेर
काठै काठले पो युद्ध गरेछ ।
आर्नोल्ड राई
मान्छेको घमँड सोंचदा
पेटको मैला माथी चड़ेछ
मान्छेको ज्ञान पेटमा झरेछ ।
मेरो तेरो भन्दा भन्दै
हराई गएछ मझधारमा
सुर्य पनि बिलाई दिएछ
कसले खोज्ने यो अँधकारमा ।
ज्ञानले आकाश छुंदा छुंदै
निरौता भएछ मनौताको
उज्यालो फेरी खोज्नु सकेन
झम्का भेट भएछ सुन्यताको ।
बादल बिनाको पानी परेछ
यो कसको सृश्टि हो
सूर्य बिनाको तातो हावा
यो कस्तो दृष्टी हो ।
उज्यालो सँधैलाई मरी दिएछ
अन्द्यारोलाई बाँच्नु लाएछ
रातै रात भए पनि
जून को उज्यालो सँधैलाई पाएछ ।
मधुरो उज्यालो भए पनि
आँखाको रोसनी बढे छ
हूजेती गर्दा पृथिवी सँग
विज्ञान ठोकींदा भूगोल लड़ेछ ।
बिस्तारो बिस्तारो यो धरातलमा
उत्पती पनि सकिएछ
विज्ञान ठोकींदा उज्यालो रोकिंदा
मान्छेको ज्ञान मक्किएछ ।
खान र लाऊँनको होड़ बाजीमा
मान्छे नै हो तर गिद्ध भएछ
ज्ञानको घमण्डले बुद्धी घटेर
काठै काठले पो युद्ध गरेछ ।
आर्नोल्ड राई


Post a Comment