Header Ads

३ फिट होँची युवतीसँग ८ फिटे युवकको रोमान्चक प्रेम

झण्डै ८ फिट अग्लो जिउका कारण उनले यति धेरै खिसिट्युरी सहनुपर्यो की उनी आफ्नो जिवनको लामो समय घरमै लुकेर बिताउनुपर्यो । तर अन्ततः उनले आफ्नो मनको कुरा बुझ्ने प्रेमिका पाए, आफुभन्दा झण्डै आधा होँची । उत्तरी ब्राजिलको पाराइबा गाउँका ७ फिट ८ इन्च अग्ला २८ वर्षीय जोएलिसोन फर्नान्डेज बच्चै हुँदा उनमा हर्मोनको गबडीका कारण उचाई ह्वात्तै बढ्न थाल्यो । अस्वभाविक उचाइका कारण उनले स्कुलमा पनि हैरानी बेहोर्नुपर्यो र पढाइ नै छाडेर घरभित्रै बस्न बाध्य भए । सुख दुख भनेको चक्रजस्तै हो भन्ने उखानलाई चरितार्थ गर्नेगरी उनको जिवनमा पनि कुनैदिन साँच्चीकै खुसीको क्षण आइलाग्यो । लजालु स्वभावका फर्नान्डिजले फेसबुकमा २१ वर्षकी एक युवतीलाई भेटे जसले उनलाई ‘जेन्टल जाएन्ट’ को उपाधि नै दिइन् । 

आफुभन्दा झण्डै ३ फिट होँची इभेन मेडिओर्सलाई अनलाइनमा पहिलो झलक देख्दैमा फर्नान्डिजको मुटुमा आगो सल्कियो । ‘पहिलो नजरमै माया बस्यो । म उनीबाट प्रभावित भएँ र जिन्दगीभर उनीसँगै जिवन बिताउन चाहेँ। आकारको कुनै मतलब रहेन, उनी भन्छन् । आफ्नो जोडीको उचाइको भिन्नता हेर्दा देख्नेहरु अचम्मित हुने गरेको र खासगरी यौन जिवनका विषयमा प्रश्न सोधेर हैरान पार्ने गरेको फर्नान्डिजको अनुभव छ । कतिपयले त आफ्नो यौनांगको आकार समेत सोध्ने गरेको उनी बताउँछन् । उचाइमा ठूलो भिन्नता भएपनि आफुहरुको प्रेमजिवन निकै नै रमाइलोसँग चलिरहेको भन्दै उनले आफुलाई आफ्नी श्रीमतीकोको आँखा तथा आनीबानी विशेष रुपमा मन पर्ने ग्रेको बताउँछन् । अहिले फर्नान्डिजको जोडी एक प्रकारको सेलिब्रेटी नै बनेको छ । फर्नान्डिजले विभिन्न खाले खाद्यान्नका ब्राण्डहरुको विज्ञापनमा अभिनय गर्ने गरेका छन् । श्रीमती इभेनको भविष्यको सपना हेयर स्टाइलिस बन्ने छ भने फर्नान्डिज विश्व भ्रमण गर्न चाहन्छन् ।






Powered by Blogger.