Header Ads

दार्जिलिङलाई साह्रै माया गर्नुहुने साहित्यकार भीम सन्तोषको निधन

आज बिहानै एउटा दुखद खबर बज्यो फोनमा| कवि मिलन बान्तवा दाइले भीम सन्तोष सर बित्नुभएछ नि भाइ भन्नु भो, अनुहारमा एउटा सौम्य चित्र कोरियो, आफ्ना उपनामजस्तै सन्तोकी साहित्यकार मानसम्मान खोजिनरहने, अनुजहरूलाई प्रेरणा र प्रोत्साहन गरिरहनु हुने दार्जिलिङलाई साह्रै माया गर्नुहुने साहित्यकार भीम सन्तोष साँच्चै अब भेटिनुहुन्न चौरास्तातिर, बजारतिर, भीडतिर, सम्मेलनतिर, भेटिनुहुन्छ उनका कृतिहरूमा मात्र| हार्दिक समवेदना प्रकट गर्दछु|
Powered by Blogger.