Header Ads

अब युट्युबमा भिडियो हेर्न पैसा तिर्नुपर्ने

भिडियो सेयरिङमा फेसबुकबाट कडा चुनौती भोगिरहेको गुगल स्वामित्वको युट्युवले अस्तित्व जोगाउन नयाँ रणनीति अघि सारेको छ । जसअनुसार अहिलेसम्म निःशुल्क भिडियो हेर्दै आएका दर्शकले अब पैसा तिरेर भिडियो हेर्नुपर्ने छ । भिडियोमाथि आउने बिज्ञापनका कारण दर्शक फेसबुकतिर लागेको निष्र्कष निकाल्दै युट्युवले बिज्ञापनबिहीन भिडियोको योजना अगाडी सारेको छ । अब दर्शकले बिज्ञापनको झण्झटविनै आनन्दले भिडियो हेर्न पाउनेछन् । तर, एड पि|m भिडियो हेर्नका लागि प्रयोगकर्ताले पैसा तिर्नुपर्ने छ । युट्युवले यसबारे अहिलेसम्म आधिकारिक रुपमा केही नबताए पनि युट्युवका केही चलेका कन्टेन्ट उत्पादकलाई यो योजनाबारे जानकारी दिंदै हालै चिठ्ठी लेखेको छ । 

बिज्ञापनबिहीन भिडियो हेर्न प्रयोगकर्ताले कति पैसा तिर्नुपर्छ भन्ने प्रष्ट नभए पनि मासिक दश डलरसम्म लाग्न सक्ने ब्लुमबर्गले जनाएको छ । तर, युट्युवले पे च्यानलका लागि गरेका बिभिन्न कोसिस असफल हुँदै आएका छन् । केही महिनाअघि पैसा तिरेर हेर्न मिल्ने म्युजिक च्यानल सुरुवात गरिए पनि त्यसले सफलता पाउन सकेको छैन् । गुगलले कन्टेन्ट उत्पादकलाई बिज्ञापन बापत दिने पैसाको दर घट्दै गएपछि पछिल्लो समयमा कन्टेन्ट उत्पादकहरुले नयाँ प्लेटर्फम खोजी गरिरहेका छन् । धेरै दर्शकको अपेक्षा गर्नेहरुले युट्युवको बिकल्पको रुपमा फेसबुकलाई लिइरहेका छन् ।

- ऑनलाइन खबर डॉटकॉम देखी

Powered by Blogger.