बाटोभरि सम्झिरहें भन्ने मायालु
छेउमैं भेट्दा भने हुन्छीन लजालु।
हेर्दा हेर्दै समयले क्षितिज छोड्छ
झर्दा झर्दै आँशु बगिदिन्छ गाजलु।
जिन्दगीमा नगर्नु भूल गरिदिएँ
मायामा त पापी नी बन्छ दयालु ।
तालै नमिलेको जीवनमा तिमी आयौं
भेटेदेखि तालमैं बज्छ मनमा मादलु ।
- प्रवीण खालिंग
Post a Comment