रिमी र झिमीलौ पानी पार्यो : नेपाली कविताहरु
रिमी र झिमीलौ पानी पार्यो,
बादलपो गर्जियो,
चट्यांग परी उज्यालो बादल,
धर्तीमा बज्रियो |
बादलपो गर्जियो,
चट्यांग परी उज्यालो बादल,
धर्तीमा बज्रियो |
थोप्ला र थोप्ली चाब्लांग चुब्लुंग,
दार्जीलिंगको संगीतमा,
आँशुको थोपा बगेर गयो,
पिर पार्यो रंगीतमा |
एक लासे जीवन बसीनै रह्यो,
सावनको झरीमा,
सित्को थोपा हावाको झोंका,
जिन्दगी भरीमा |
माईतीको भेटाईले सारंगी रेटाईले,
यो मुटु फाटेछ,
बिरानो खेतलाई दुखको भेदलाई,
जिब्रोले चाटेछ |
चढेर फेरी त्यै ठाउँनै पुग्यो,
लत्रियो पानीमा,
दुखको सागर फुटेर उत्रियो,
पसीना खानीमा |
हार र जीत ठोकिएर आज,
निधारमा परेछ,
दिलको हिरा नदीमा होइन,
किनारमा झरेछ |
आर्नोल्ड राई,
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंगको संगीतमा,
आँशुको थोपा बगेर गयो,
पिर पार्यो रंगीतमा |
एक लासे जीवन बसीनै रह्यो,
सावनको झरीमा,
सित्को थोपा हावाको झोंका,
जिन्दगी भरीमा |
माईतीको भेटाईले सारंगी रेटाईले,
यो मुटु फाटेछ,
बिरानो खेतलाई दुखको भेदलाई,
जिब्रोले चाटेछ |
चढेर फेरी त्यै ठाउँनै पुग्यो,
लत्रियो पानीमा,
दुखको सागर फुटेर उत्रियो,
पसीना खानीमा |
हार र जीत ठोकिएर आज,
निधारमा परेछ,
दिलको हिरा नदीमा होइन,
किनारमा झरेछ |
आर्नोल्ड राई,
संत मेरीज हिल,
खर्सांग,


Post a Comment