कस्को नजरमा आँशु झर्यो : नेपाली कविताहरु
कस्को नजरमा आँशु झर्यो ,
कस्को नजरमा मुस्कान पार्यो ,
छुट्याउनु धेरै गाह्रो पर्यो ,
बिचैमा फेरी दाख - बत्ती जल्यो
कस्को नजरमा मुस्कान पार्यो ,
छुट्याउनु धेरै गाह्रो पर्यो ,
बिचैमा फेरी दाख - बत्ती जल्यो
आमाको भोटो फाटी सक्दा ,
बल्ल गोली देख्यो ,
खूनको नदी बगी सक्दा ,
बल्ल रगत देख्यो
छेऊ - छेऊमा परेछ आगो - धागो ,
चेपारोमा साइनो पर्यो ,
बसेको हाँगा काट्दा - काट्दा ,
छेपारो झैँ झर्यो
तिम्रो - हाम्रो घरको छानो ,
मुटु साह्रै सानो ,
अघि - अघि रक्शी खाऊ ,
पछी दुख्छ गानो
फुक्दै गर धुवाँ ,
सुक्दै जान्छ कुवा ,
चालै नपाई ठोकिन्छ ,
एक दिन धड्कन रोकिन्छ
सधै देख्ने फटेनङ्ग्राको ,
मान्छे मार्ने मटेंनङ्ग्रा ,
गर्ने भने हनुमान भयो ,
हातमा आयो बल्डयेग्रा
आफ्नु मान्छे साह्रै राम्रो ,
अर्का मान्छे नराम्रो ,
सिनो बनी छिनो खोज्दा ,
ढ्यांग्रो बज्यो हाम्रो
सय गोटीको सय चोटी ,
बदली भएछ रोटी ,
हामी भयौ दुब्लो - पात्लो ,
सधै निधार घोटी
वरी - परी घुमी - फिरी ,
आफ्नै जातमा आयो ,
हिजो मरेको बेपत्ता लाश ,
आफ्नै काधमा आयो
कस्को आँखामा आँशु झर्यो ,
कस्को नजरमा मुस्कान पर्यो ,
छुट्याउनु धेरै गाह्रो पर्यो ,
बीचैमा फेरी दाख - बत्ती जल्यो
शायद यती नै होला …......................
जिन्दगीको रहस्य …........................
आर्नोल्ड राई ,
सन्त मेरिज हिल ,
खर्सांग ,
दार्जीलिंग
बल्ल गोली देख्यो ,
खूनको नदी बगी सक्दा ,
बल्ल रगत देख्यो
छेऊ - छेऊमा परेछ आगो - धागो ,
चेपारोमा साइनो पर्यो ,
बसेको हाँगा काट्दा - काट्दा ,
छेपारो झैँ झर्यो
तिम्रो - हाम्रो घरको छानो ,
मुटु साह्रै सानो ,
अघि - अघि रक्शी खाऊ ,
पछी दुख्छ गानो
फुक्दै गर धुवाँ ,
सुक्दै जान्छ कुवा ,
चालै नपाई ठोकिन्छ ,
एक दिन धड्कन रोकिन्छ
सधै देख्ने फटेनङ्ग्राको ,
मान्छे मार्ने मटेंनङ्ग्रा ,
गर्ने भने हनुमान भयो ,
हातमा आयो बल्डयेग्रा
आफ्नु मान्छे साह्रै राम्रो ,
अर्का मान्छे नराम्रो ,
सिनो बनी छिनो खोज्दा ,
ढ्यांग्रो बज्यो हाम्रो
सय गोटीको सय चोटी ,
बदली भएछ रोटी ,
हामी भयौ दुब्लो - पात्लो ,
सधै निधार घोटी
वरी - परी घुमी - फिरी ,
आफ्नै जातमा आयो ,
हिजो मरेको बेपत्ता लाश ,
आफ्नै काधमा आयो
कस्को आँखामा आँशु झर्यो ,
कस्को नजरमा मुस्कान पर्यो ,
छुट्याउनु धेरै गाह्रो पर्यो ,
बीचैमा फेरी दाख - बत्ती जल्यो
शायद यती नै होला …......................
जिन्दगीको रहस्य …........................
आर्नोल्ड राई ,
सन्त मेरिज हिल ,
खर्सांग ,
दार्जीलिंग


Post a Comment