सारंगीको नक्कल चोरी : नेपाली कविताहरु
सारंगीको नक्कल चोरी ,
पश्चिम तिर गयो ,
भोइलेन भयो अरुको सम्पती ,
हेर सारंगी रोयो
पश्चिम तिर गयो ,
भोइलेन भयो अरुको सम्पती ,
हेर सारंगी रोयो
मादलको हात छोडी - छोडी ,
बजाउन लाग्यो ड्रम ,
मरेको आमा फर्काई ल्याउनु ,
कसको छ यहाँ दम ?
बजाउन लाग्यो ड्रम ,
मरेको आमा फर्काई ल्याउनु ,
कसको छ यहाँ दम ?
आधुनिक बम पड्किएछ बनमा ,
कहाँ पलाउथ्यो टूसा ?
अरुको भेष लगाई - लगाई ,
आफु भयो मुसा
कहाँ पलाउथ्यो टूसा ?
अरुको भेष लगाई - लगाई ,
आफु भयो मुसा
आज पनि आंधी आयो ,
फूल - बुट्टे धनमा ,
संगीत बज्यो चारै - तिर ,
सुसुल - खुट्टे मनमा
फूल - बुट्टे धनमा ,
संगीत बज्यो चारै - तिर ,
सुसुल - खुट्टे मनमा
टिंग - टिंग , टिंग - टिंग छप्पर बज्यो ,
असिनाको धूनले ,
आज पहाड नुहाई सक्यो ,
संस्कृतिको खूनले
असिनाको धूनले ,
आज पहाड नुहाई सक्यो ,
संस्कृतिको खूनले
संस्कृती भने फुटी सक्यो ,
लाठि भाची कुटी सक्यो ,
कसले जान्ने , कसले तान्ने ?
कुक - कुक रेल छुटी सक्यो
लाठि भाची कुटी सक्यो ,
कसले जान्ने , कसले तान्ने ?
कुक - कुक रेल छुटी सक्यो
आर्नोल्ड राई ,
सन्त मेरिज हिल , खर्सांग ,
दार्जीलिंग
सन्त मेरिज हिल , खर्सांग ,
दार्जीलिंग


Post a Comment