Header Ads

" भाषा मान्यताको चौबिस वर्ष पछाडी फर्केर हर्दा "

उत्तम कुमार छेत्री
हाम्रो नेपाली भाषाले भारतीय संबिधानमा मान्यता प्राप्त गरेको आज चौबिस बर्ष बिती सक्दा पनि हामी जहाँ थियौं त्यहीं छौं. सिन्धी भाषा र उर्दु भाषाको विकास को निम्ति भारत सरकारको मानव संसाधन मन्त्रालयले भाषा विकास परिषद जस्तो एउटा अलगै बिभाग खोलेर सारा भारत भरीनै सिन्धी र उर्दु भाषाको विकास को निम्ति युद्धस्तरमा कार्य गरी रहेको छ. अनि यसै सन्दर्भमा हामी दिल्ली वासी नेपाली भाषी गोर्खा हरुले पनि हाम्रा असम, तेजपुर बाट विजयी भएर आएका संसद सदस्य सम्मानीय श्री राम प्रसाद शर्मा ज्यू को नेतृत्वमा उक्त कार्य लाई अघि बढाइ रहेका छौं. दिल्ली स्थित सामाजिक संस्था भारतीय गोर्खाली युनाईटेड फोरम को देख राख मा यो काम भई रहेकोछ. तर अब यहाँ सवाल उठ्छ कि के हामी आफ्नो भाषा प्रति इमान्दार र समजदार छौं त ? अन्य भाषी हरु सरह जस्तै, बंगाली, माराठी, असमी उर्दु, सिन्धी भाषी हरु जस्तै आफ्नो भाषा प्रति समर्पित छौं त ? आफ्नो मात्री भाषा लाई उत्तिकै मायाँ गरछौं त ?

सत्तरी, अस्सिको दशकमा हाम्रा अगुवा हरु भन्नु हुन्थ्यो हाम्रो भाषाले मान्यता पाये पछी हामी पनि आफ्नै भाषामा यु. पी. एस. सी. परिक्षा हरुमा परिक्षा दिन पाउँछौं अनि हाम्रा गोर्खा जाति बाट पनि धेरै संख्यामा आइ. ए. एस, आइ . एफ . एस, आइ . पी. एस. अधिकारीहरु बन्न सक्छन. . तर आज हाम्रो भाषाले मान्यता प्राप्त गरेको चौबिस वर्ष बिती सक्दा पनि एक जना तिन्धारेका श्री धीरज मुखिया मात्र किन ? के हामी संघ लोक सेवा आयोग का परिक्षा हरुमा बस्ने लायक छैनौ ? या हामी अति लघुताभाषले ग्रस्त छौ जसले गर्दा हामी उक्त पर्क्क्षा हरुमा सफल हुन सक्तैनौ ? उपरोक्त बिषयमा हामी हरुले आफ्नो मथिंगलमा घोत्लिने समय हो यो . अनि आफ्नो भाषा सित जोडिने तथा आफ्नो भाषा लाई आत्मसात गर्ने समय पनि हो. भन्छन कुनै जातिलाई यदि विलुप्त पार्नु हो भने पहिला त्यो जातिको भाषा लाई नष्ट पार्नु पर्छ .

यसर्थ मलाई कता कता भान हुन्छ कि सायद हाम्रा नेता भनौदा बोंचोरोका बेंड़ हरुको अकर्मन्यता र भाषा प्रति हाम्रै उदाशिनताको कारणले गर्दा पो हो कि हाम्रो भाषाले फुल्न फाल्न र फसटाउन नपाएको ? र अब हामी पनि इमान्दारीता पुर्बक आफ्नो भाषालाई आत्मसात गर्दै आफ्नो छोरा छोरी हरु लाई नेपाली भाषा चैं अवस्यै पनि पडाउँ . अनि हामी पनि भाषिक रुपमा समृद्ध बनौ. अब प्रतेक नेपाली भाषी गोर्खाको एउटा लक्ष्य होस् विकशित र सम्रिधिशाली नेपाली भाषा. अनि नेपाली भाषा जातिय उत्थान र विकास को प्रतिक र सम्पन्नताले परिपूर्ण भाषा बनोस. अब उसो नुकता चिनी र किन्तु परन्तु हरु चैं हाम्रो भाषाको विकासको पथका अवरोध नबनोस. मेरो अन्तरिक चाहना यही छ . अनि सायद हजुर बिज्ञ पाठक वर्ग को पनि यहि होला .

" भाषा हो सभ्यता हाम्रो सारा उदय उन्नति
जीत वैभव भाषामै बाँच्दछन पछी सम्म यी "


लेखक : उत्तम कुमार छेत्री

Powered by Blogger.