ती मृगका झैं दुइ नयनहरु : नेपाली कविताहरु
यो आँखाले मनलाई छुन्छ
यो आँखाले सम्मोहित पार्छ
अनि मुटुको धुकधुकी बढ्छ
तड्पन थाल्छ अनायासै मन
जति हेर्यो उति मोहित हुन्छ
डुब्छ त्यो अथाहा गहराईमा
त्यो गहिरो निलो निलो गहमा
अनि डुब्छ चुर्लुम्म आँखा रुपी
मदहोश पार्ने नयन सागरमा
अनि मानिशहरु बिबस हुन्छन
डुब्न थाल्छन आँखाका दहमा
ती सुन्दर शुहावन नयन हरुमा
अनि लाग्न थाल्छ आहा कति मिठो
कति स्वादिलो मनभावन अनुभूति
प्रेमयुक्त ती मृगका झैं दुइ नयन हरुमा
- उत्तम कुमार छेत्री
यो आँखाले सम्मोहित पार्छ
अनि मुटुको धुकधुकी बढ्छ
तड्पन थाल्छ अनायासै मन
जति हेर्यो उति मोहित हुन्छ
डुब्छ त्यो अथाहा गहराईमा
त्यो गहिरो निलो निलो गहमा
अनि डुब्छ चुर्लुम्म आँखा रुपी
मदहोश पार्ने नयन सागरमा
अनि मानिशहरु बिबस हुन्छन
डुब्न थाल्छन आँखाका दहमा
ती सुन्दर शुहावन नयन हरुमा
अनि लाग्न थाल्छ आहा कति मिठो
कति स्वादिलो मनभावन अनुभूति
प्रेमयुक्त ती मृगका झैं दुइ नयन हरुमा
- उत्तम कुमार छेत्री
Post a Comment