सुन गाले जस्तै गाल्ने : नेपाली गजल
सुन गाले जस्तै गाल्ने बस्तु हैन नारी,
जता पायो त्यतै फाल्ने बस्तु हैन नारी।
दाउ हत्याउनलाई एक पछि एक गर्दै,
गोटी चाले सरि चाल्ने बस्तु हैन नारी।
पाहुना खुशी पार्नलाई चट्ट छिनाइदिने,
पशु पाले सरि पाल्ने बस्तु हैन नारी ।
नारी शक्ती अदम्य, सारा सृष्टी थाम्ने,
जब चाह्यो तब ढाल्ने बस्तु हैन नारी।
सुन गाले जस्तै गाल्ने बस्तु हैन नारी,
जता पायो त्यतै फाल्ने बस्तु हैन नारी।
- लेखक- सरिता समदर्शी
जता पायो त्यतै फाल्ने बस्तु हैन नारी।
दाउ हत्याउनलाई एक पछि एक गर्दै,
गोटी चाले सरि चाल्ने बस्तु हैन नारी।
पाहुना खुशी पार्नलाई चट्ट छिनाइदिने,
पशु पाले सरि पाल्ने बस्तु हैन नारी ।
नारी शक्ती अदम्य, सारा सृष्टी थाम्ने,
जब चाह्यो तब ढाल्ने बस्तु हैन नारी।
सुन गाले जस्तै गाल्ने बस्तु हैन नारी,
जता पायो त्यतै फाल्ने बस्तु हैन नारी।
- लेखक- सरिता समदर्शी
Post a Comment