Header Ads

माया सिवाय को माया : नेपाली कविताहरु


माया सिवाय को माया ,
पहरामा गएर ठोकिन्छ ,
गीत गाउचा फेरी , एक्लै सारंगी छोई दिन्छ ,
रुमाल उठाएर रोकिन्छ 


आफ्नै गीत , आफ्नै संगीत ,
आफ्नै धून , आफ्नै गुण ,
काडालु संसार , मान्छेको बजार ,
आफ्नै घाम , आफ्नै जुन 


घाम - पानी , पानी - झरीमा ,
धेरै बर्ष गीत गायो ,
भोक को खातिर यो दुनियामा ,
अन्त्यमा उसले ठोकर पायो 


मायाले कहिल्यै गीत गाउन पाएन ,
स्वार्थी संसार संग झोंकियो ,
आखीर भगवान् कहाँ छ ?
मायाको स्वर सधैलाई रोकियो ,


धेरै अघि सर्छ , फेरी बस्छ ,
सेतो चादरको खाट माथि तड्पिएर ,
रातो कम्बलको दियो भित्र ,
बिलाई दिएछ एउटा माया तर्सिएर 


बस्........... सकियो जिन्दगी …........,
सारा गाउँ - संसारले चिन्थ्यो ,
रोयी दिने कोहि भएन ,
छोई दिने कोहि भएन 


अन्त्यमा त्यही सारंगी रोयो …....
अहिले पनि रुन्छ ….............
कहिले सम्म रुन्छ ,थाहा छैन …........???????? 


आर्नोल्ड राई ,
सन्त मेरिज हिल ,
खर्सांग , दार्जीलिंग
Powered by Blogger.