प्रतिक्षा प्रियतमाको : नेपाली कविताहरु
उडीरहन्छ यो मन हुरुरु संधै
यादमा तिम्रो डुल्छ यहाँ वहाँ
तिम्रै बाटो हेर्छ पर चौतारीमा
नित्य धाउँछ देउराली डांडामा
भेट्ने आशा बोकी संधै मनमा
उ आउँदिन, तर यो मन मान्दैन
कुर्छ ती गोरेटो हरु अनि पर्खन्छ
फर्की फर्की हेर्छ त्यो चौतारी तिर
सोच्छ हाम्रो भेट भएको यहीं नेर
मनमा याद गर्दै ती पुराना कुराहरु
केलाउन थाल्छ ती सबै ब्याथाहरु
कोटट्याउञ्छ मुटुका ती घाउ हरु
अनि आफैंले आँफै लाई सम्झाउँछ
भन्छ न गाँस्नु रैछ प्रीति कसै सित
अब उ बिना यो जीवन काट्नु को सित
- उत्तम कुमार छेत्री


Post a Comment