Header Ads

गोर्खाल्याण्ड जागरण यात्राको 28औँ दिन

डी के वाइबा
कालेबुङ : गोर्खाल्याण्ड जागरण यात्रामा गत 2 अक्टोबरका दिनदेखि पैदल यात्रा गर्दै हिँडेका मोर्चा अध्यक्ष विमल गुरुङले हाल पैदल यात्रामा मोर्चा समर्थकहरूले उत्साहजनक सहभागिता जनाइरहेको बताए। यसक्रममा उनले आगामी केही दिनभित्र नै कालेबुङको राजनैतिक वातावरण ठीक भएर जाने आशा व्यक्त पनि गरे। उनले पत्रकारहरुसित कुराकानी गर्ने क्रममा मोर्चा त्यागेका विधायक डा हर्कबहादुर छेत्रीको नाउँ उल्लेख नगरी हाल दुई-चार जनाले कालेबुङलाई बदनाम गर्ने कोशिस गरिरहेको अरोप लगाए। यी दुई-चार जना व्यक्तिहरू बाहेक अन्य सबै ठिक रहेको उनले बताउँदै कालेबुङको गोर्खाल्याण्ड आन्दोलनमा छुट्टै विशेषता रहेको बताए। यसक्रममा उनले मङ्गलसिह राजपुतले आत्मादाह गरेर इतिहास कोरिसकेको दावी गरे। 
 
गोर्खाल्याण्ड जागरण यात्राको 28औँ दिन गोजमुमो अध्यक्ष विमल गरुङले आज यहाँको 35 नम्बर समष्टि अन्तर्गतका विभिन्न क्षेत्रहरूको परिभ्रमण गरे। यहॉंको जुब्ली स्कूल परिसरबाट निस्किएका गुरुङले 35 नम्बर समष्टि अन्तर्गतका वार्ड नम्बर 15, 16, 18 19 आदिको भ्रमण गरे। यसअवधि यहॉंको सावित्री घिसिङ पथमा एक पथसभा पनि सम्पन्न भयो। युवा मोर्चा महकुमा समितिका सचिव विनय घिसिङद्वारा सञ्चालित पथसभालाई क्षेत्रीय सभासद् सुनिल प्रधान. मोर्चा केन्द्रिय समितिका सदस्य देशभक्त सुब्बा आदिले सम्बोधन गरेका थिए। वक्ताहरूले सम्बोधनको क्रममा छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको निम्ति सम्पूर्ण जनता एकवद्ध बन्नुपर्ने आह्वान गरेका थिए।
 
Powered by Blogger.