तैं छाड़ की मै छाड़ : नेपाली कविताहरु
तैं छाड़ की मै छाड़,
सके सम्म गत्ती छाड़,
अझै एउटा घर बनाउनु,
खरानीहरु थुप्रो पार ।।
सके सम्म गत्ती छाड़,
अझै एउटा घर बनाउनु,
खरानीहरु थुप्रो पार ।।
हेर मधेशमा भाले बास्यो,
भुंडी मिची हास्यो,
जातीलाई कुट्ने कराईमा भुट्ने,
फेरी लाठी भाँच्यो ।।
नूनको सांगलो पहाड़मा गाँस्यो,
खित्का छोड़ी हाँस्यो,
हाम्रो कमजोरी हातमा राखी,
गुम्बक जस्तो टाँसियो ।।
खूनहरु चूसी चूसी,
के को यस्तो खुसी,
आगोमा हाली पलटाई पलटाई,
अगुल्ठोले झोसी ।।
धानको थुप्रो हेर्दा हेर्दै,
सबै भयो दान,
सबैजाती पोली खायो,
अब रहयो कान ।।
सुन्दा सुनाउदा हुँदै भएन,
मैलेके देख्नु,
खरानीको तालमा नाच्दै बस,
अझै के लेख्नु ।।
अर्नाल्ड राई
भुंडी मिची हास्यो,
जातीलाई कुट्ने कराईमा भुट्ने,
फेरी लाठी भाँच्यो ।।
नूनको सांगलो पहाड़मा गाँस्यो,
खित्का छोड़ी हाँस्यो,
हाम्रो कमजोरी हातमा राखी,
गुम्बक जस्तो टाँसियो ।।
खूनहरु चूसी चूसी,
के को यस्तो खुसी,
आगोमा हाली पलटाई पलटाई,
अगुल्ठोले झोसी ।।
धानको थुप्रो हेर्दा हेर्दै,
सबै भयो दान,
सबैजाती पोली खायो,
अब रहयो कान ।।
सुन्दा सुनाउदा हुँदै भएन,
मैलेके देख्नु,
खरानीको तालमा नाच्दै बस,
अझै के लेख्नु ।।
अर्नाल्ड राई


Post a Comment