Header Ads

ब्लाटर र प्लाटिनीमाथि आठ वर्ष प्रतिवन्ध


विश्व फुटबल जगतका सबैभन्दा ठूला दुई हस्तीहरु सेप ब्लाटर र मिशेल प्लाटिनीलाई खेलबाट आठ वर्षका लागि प्रतिबन्ध लगाइएको छ। फुटबलको विश्व प्रशासकीय निकाय फिफाको एउटा अनुसन्धानले, सन् २०११ मा सेप ब्लाटरले मिशेल प्लाटिनीलाई भुक्तानी गरिएको बीस लाख डलर रकम अनुमोदन गरेको घटनाका सम्बन्धमा, ति दुवै जनाले आचारसंहिता उलंघन गरेको भन्दै दोषी ठहर्याएको छ। आफ्नो बचाउ गर्दै ज्युरिकबाट सेप ब्लाटरले भनेका छन् उनी सिद्धान्तनिष्ठ हुन्, उनले आफूले कमाएको भन्दा बाहेक अन्य पैसा लिएका छैनन् र आफू विरुद्धको निर्णयको प्रतिवाद गर्नेछन्। उनले आफूले फिफाको आचार संहिता छानविन ट्र्याइब्युनललाई फिफाले मिशेल प्लाटिनीलाई तिरेको रकम नियमसम्मत नै रहेको भनेर बुझाउन सफल भएको जस्तो ठानेको बताएका छन्।

प्रतिबन्ध तत्काल लागु हुनेछ
ति दुई व्यक्तिहरु विरुद्धको प्रतिबन्ध तत्काल लागु हुनेछ। स्वीस नागरिक ब्लाटर र फ्रान्सका प्लाटिनीलाई क्रमश: ४० हजार र ८० हजार डलर जरिवाना पनि लगाइएको छ। दुवै जनाले आफूहरुले कुनै गलत काम नगरेको बताएका छन्। ब्लाटरका प्रवक्ताले उक्त प्रतिबन्ध विरुद्ध स्वीट्जरल्याण्डको लौसानमा रहेको खेलकुद सम्बन्धी विवाद हेर्ने मध्यस्थकर्ता निकाय ‘कोर्ट अफ आर्बिट्रेशन फर स्पोर्ट’ मा समेत जान उनी तयार रहेका बताएका छन्। मिशेल प्लाटिनीले पनि त्यसै गर्ने अनुमान छ। सन् १९९८ देखि फिफाको प्रमुख रहंदै आएका ७९ बर्षिय ब्लाटरले आगामी फेब्रअरी अध्यक्ष पदको निर्वाचनसंग पद त्याग्ने घोषणा गरिसकेका छन्। तीन तीन पटक बर्षका युरोपेली फुटबल खेलाडीको सम्मान पाइसकेका प्लाटिनीलाई फिफाको भावी नेतृत्वका रुपमा हेरिंदै थियो।

Powered by Blogger.