भारतले बनायो देशकै सबैभन्दा हलुका अढाइ सय ग्रामको बन्दुक
महिला बन्दुक बनाएको दुइ वर्षपछि भारतले देशकै सबैभन्दा हलुका बन्दुक पनि तयार गरेको छ। भारतले दुइ वर्ष पहिले निर्भिक नामको हाते बन्दुक बनाएको थियो, जसलाई महिलाको लागि लक्षित पहिलो बन्दुक भनिएको थियो। भारत सरकारको हतिया उत्पादन कारखानाले हालै निडर नामक २२ क्यालिबरको रिभल्बर उत्पादन गरेको छ। जसको तौल केवल अढाइ सय ग्राम छ। यसको मूल्य ३५ हजार भारु तोकिएको छ । जबकी महिला १ लाख २२ हजार भारु थियो भने तौल आधा किलो थियो। यो हलुका बन्दुक आल्मुनियम बाट बनेको छ र स्टिल जत्तिकै बलियो छ। निडर र निर्भिक दुबैको अर्थ डररहित भन्ने हुन्छ। यी बन्दुक बोकेपछि मानिसहरु बढि आत्मविश्वासी तथा निडर बन्ने उत्पादक कम्पनीको भनाइ छ । एजेन्सीको सहयोगमा


Post a Comment