सिक्किममा मुख्यमन्त्री चाम्लिङलाई 'सिद्धिचरण साहित्य' पुरस्कार
काठमाडौं : राजनीति र साहित्य फरक विधा । राजनीतिले साहित्यलाई प्रायः गौण ठान्छ अनि साहित्यले पनि राजनीति वा राजनीतिज्ञलाई सधैं व्यंग्य गरिरहेको हुन्छ । यी दुवै विधालाई एकैसाथ अगाडि लैजान निकै कठिन हुन्छ। त्यो कलामा पारंगत देखिएका छन्, भारत सिक्किमका मुख्यमन्त्री पवल चाम्लिङ ‘किरण' । उनले नेपाली भाषा र साहित्यमा पुर्याएको योगदानको कदर गर्दै ‘युगकवि सिद्धिचरण पुरस्कार' प्रदान गरिएको छ। गकविको १०५ औं जन्मजयन्तीको अवसरमा युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा आइतबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एक लाख रुपैयाँको पुरस्कार चाम्लिङलाई हस्तान्तरण गरेका हुन् ।
व्यस्तताका कारण पुरस्कार ग्रहण गर्न आउन नपाएकाले चाम्लिङको प्रतिनिधि बनेर आएका विरु वाङ्देलले पुरस्कार ग्रहण गरेका थिए। ‘उहाँ नेपालमा बस्नु हुन्न । नेपालको नागरिकता पनि छैन तर नेपाली भाषा र साहित्यको विकासका लागि अग्रणी भूमिका खेल्ने व्यक्ति', प्रधानमन्त्री ओलीले भने, ‘नेपालका युगकविसँग जोडिएको पुरस्कार पाउनुले मुख्यमन्त्री चाम्लिङले नेपाली भाषा र साहित्यलाई गरेको उत्कृष्ट योगदान प्रष्ट हुन्छ।' संस्कृतिविद् सत्यमोहन जोशीले सिद्धिचरणले २००७ सालअघि क्रान्ति शब्द पहिलोपटक प्रयोग गरेको र तत्कालीन राणा सरकारले क्रान्तिका कुरा र नवचेतना छर्ने किताब लेखेको भन्दै उनलाई सर्वस्वहरणसहित १८ वर्ष जेल हालेको स्मरण गरे । कार्यक्रममा सिद्धिचरको खण्डकाव्य ‘कान्तिमति', प्राडा गार्गी शर्माको ‘काव्य गुरु सिद्धिचरण', डा. शैलेन्द्रप्रकाश नेपालको कविता कृति ‘युगकवि' र सम्पादित कृति ‘द ग्रेट पोएट सिद्धिचरण श्रेष्ठ' विमोचन गरिएको थियो।
समीक्षक महेश पौडेलले सम्पादित कृतिमा सिद्धिचरणको जेलजीवनका पाना, संस्मरण, नियात्रा, अन्तर्वार्ता, कविता र दुर्लभ तस्बिरहरू राखिएको जानकारी दिए । कार्यक्रममा जनगायक रामेशले श्रीमान् गम्भीर बोलको राष्ट्रिय गानअघि सिद्धिचरणको जय जय आमा नेपाल बोलको गीत राष्ट्रिय गान भएको जानकारी दिँदै त्यो गीत पनि गाएका थिए ।प्राडा अभि सुवेदीले दक्षिण सिक्किममा जन्मिएका चाम्लिङ किसान परिवारको भएको जानकारी दिँदै परिचय दिएका थिए । चाम्लिङले ‘अन्त्यहीन सपना मेरो विपना', ‘प्रारम्भिक कविता', ‘म को हुँ ? 'जस्ता कविता संग्रह, ‘सिक्किम र नारीको मर्यादा' नामक कृति लेखिसकेका छन । तीन दशकदेखि साहित्य क्षेत्रमा क्रियाशील उनका दर्जनौं नेपाली गीत रेकर्ड भएका छन् ।
चाम्लिङले सिक्किम डेमोक्रेटिक फ्रन्ट गठन गरी पाँचौं पटक भारत सिक्किम सरकारको नेतृत्व गर्नु चानचुने कुरो होइन । २२ वर्षदेखि निरन्तर मुख्यमन्त्री भएका भारतीय मूलका नेपाली चाम्लिङ राजनीति र साहित्य दुवै विधामा सफल मानिन्छन् । स्रोतका अनुसार, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चाम्लिङलाई पुरस्कार ग्रहण गर्न नजान भनेकाले उनी नआएका हुन् । ‘नेपाल फराकिलो मन भएको देश हो । मूल्यांकन फराकिलो भएरै गरेको हो', मोदीप्रति संकेत गर्दै ओलीले भने, ‘नेपाल देश सानो होइन, ठूल्ठूला देश दायाँबायाँ भएर सानो लागेको मात्रै हो । नेपालका सोचहरू साना अनि साँघुरा छैनन् ।'
प्रज्ञाले सम्झियो युगकविलाई
नेपाल प्रज्ञा प्रतिष्ठानले १०५ औं जन्मजयन्तीको अवसरमा आइतबार युगकवि सिद्धिचरणलाई सम्झिएको छ। कुलपति गंगाप्रसाद उप्रेतीले साधकको सिर्जना आज कति सान्दर्भिक छ, समयसीमामा बाँधिएको छ, छैन र पुरानाबाट कति प्रेरणा लिइएको छजस्ता कुराले पुरानो स्रष्टा बाँचिरहने बताए । सदस्यसचिव प्राडा जीवेन्द्रदेव गिरीले नयाँ पुस्ताले प्रेरणा प्राप्त गरे पुरानालाई सम्मान हुने बताए । सिद्धिचरण स्मृति प्रतिष्ठानका अध्यक्ष जगदीशशमशेर राणाले पुरानो दर्शनवादको समय गए पनि तिनका व्यावहारिक पक्ष आत्मसात् गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा जनगायक रामकृष्ण दुवालले सिद्धिचरणको नेपाल आमा गाए भने अमर गिरी, श्रवण मुकारुङ, मातृका पोखरेल, शशि लुलुम्बू, राजेन्द्र थापालगायतले कवितावाचन गरेका थिए ।

Post a Comment