नौ वटा स्वर्ण पदक विजेता बोल्टले ओलिम्पिक्सबाट सन्न्यास लिँदै
जमेइकाका धावक युसेइन बोल्टले लगातार तीन वटा ओलिम्पिक खेलमा निकै अप्रत्यासित रुपमा नौ वटा स्वर्ण पदक जित्दै आफ्नो ओलिम्पिक खेल जीवनबाट सन्यास लिएका छन्। जमेइकाले चार सय मिटर रिले दौडको फाइनलमा स्वर्ण पदक जितेसंगै बोल्टले आफ्नो ओलिम्पिक खेल जीवनको नवौं स्वर्ण पदक जितेका हुन्। ३० वर्ष पुग्नै आँटेका बोल्टले एक सय र दुई सय मिटर दौड पनि जितेका थिए।
लगातार तीन वटै स्वर्ण पदक
तीन ओलिम्पिक्स खेलमा लगातार तीन वटै स्वर्ण पदक जित्ने उनी पहिलो पुरुष धावक हुन्। रियो ओलिम्पिक्स चार सय मिटर रिले दौडमा जमेइकालाई स्वर्ण पदक दिलाउन युसेइन बोल्टलाई असफा पावेल, योहान ब्लेक र निकेल आशमिएडले साथ दिएका थिए। सो प्रतिस्पर्द्धामा जापानले रजत पदक र क्यानडाले कास्य पदक पाएका थिए। तीनवटै स्वर्ण पदक जितेपछि बोल्टले बीबीसीसँग भने, “म ढिलोसँग नसुतेर रमाइलो गर्नेछु। मलाई आज खेल सुरु गर्नु अघि नै थाहा थियो हामी जित्न गइरहेका छौं।” उनले भने, “मेरो यात्रा निकै लामो रह्यो। अहिले त्यसैले अनौठो अनुभूति भइरहेको छ। म सुखी छु र आनन्दित छु। इतिहासका कितावमा सबै भन्दा महान धावकको रुपमा अंकित हुनु ठूलो कुरा हो। म आफैंप्रति गौरवान्वित छु।”
विश्व च्यापियनशिप्स्
उनले सन् २०१७ मा लण्डनमा हुने विश्व च्यापियनशिप्स् पछि सन्यास लिने योजना बनाएको र सन् २०२० मा टोक्यो ओलिम्पिक्समा भाग नलिने बताएका छन्। दुई दिन पछि आफ्नो तीसौं जन्मोत्सव मनाउन लागेका बोल्ट टोक्यो ओलिम्पिक्सको बेला ३४ वर्षको हुनेछन्। बोल्ट भन्दा अघि अमेरिकी धावक र लङ जम्पर कार्ल लेविसले चार ओलिम्पिक्स खेलमा गरी नौ वटा स्वर्ण पदक जितेका थिए। एक सय दश मिटर हर्डल्सका विश्व विजेता कोलिन ज्याकसनले दुई पटकका युसेइन बोल्ट अति नै राम्रो व्यक्ति भएको बताए। उनले भने, “बोल्टले जब एक पटक आफ्नो लम्काइको रफ्तार समात्छन्, उनलाई कसैले भेट्टाउँदैन। उनी गज्जवकै मानिस हुन् र उनी गज्जवकै खेलाडी हुन्। उनले जे गरे हामी त्यसप्रति अति नै प्रसन्न छौं।” बोल्टले चाहिं भविष्यमा ओलिम्पिक्समा सहभागी नहुँदा ठूलो भीड र सञ्चारमाध्यमको अन्तर्वार्ताबाट आफू छुट्ने चिन्ता व्यक्त गरे।

Post a Comment