भारतिय गोर्खाहरुको सामाजिक संगठनहरुको चिन्तन शिबिर "गोर्खा राष्ट्रिय महापञ्चायत' को श्वेतपत्र जारी
नयाँ दिल्ली : बिगत दिनांक २६ फरवरीमा एन०डि०एम०सि० समुदायभवनमा भारतिय गोर्खाहरुको सामाजिक संगठनहरुको चिन्तन शिबिर "गोर्खा राष्ट्रिय महापञ्चायत'मा निम्नलिखित बुँदाहरु बिशेषरुपमा चर्चा भई पारित गरियो। यसै "गोर्खा राष्ट्रिय महापञ्चायत'को सन्दर्भमा गोर्खाफाउनडेशन यो श्वेतपत्र सम्पूर्ण गोर्खाजनमानसमा प्रकाशित गर्दछौ। भविष्यको रणनिती र कार्यक्रम तय गर्न। साथै सबैसबै अनुपस्थित सामाजिक संगठन र ब्यक्तीबिशेष, बुद्दिजिवी, बिध्यार्थी, युवाहरुबाट सुझावहरुको अपेक्षा एंव अनुरोध गर्दछौ अझै यसलाई बृह्त्तरुपमा सफल गराउन।
१, सम्पूर्ण गोर्खाहरुको एउटै चाहना गोर्खाहरुको चिन्हारी समस्याको समाधान हेतु छुट्टै राज्यको निर्माणको निम्ती बृहत्त अभियानको प्रारम्भ।
२, जातिय अस्मिता, अस्तित्व र्चिन्हारीको संग्राम सर्बभारतीयस्तरमा हुनुपर्छ। क्षेत्रियतामा सिमित हुनु हुँदैन। गोर्खा समुदायका सम्पूर्ण सामाजिक संगठनहरुले छुट्टै राज्यको मांग लाई आफ्नो स्तरमा सहयोग र समर्थन गर्ने।
३, भाषिक अल्पसंख्यकरुपमा भारतको संबिधानमा सम्पूर्ण भारतीय गोर्खाहरुलाई मान्यता दिलाउन सबै संघ-संगठनले पहल गर्नुपर्छ। पंजाबी र मुस्लिम समुदायलाई यस्तो प्रावधान पहिले बाटै प्राप्त भएको छ।
४, सम्पूर्ण भारतिय गोर्खाहरुलाई जनजातिमा अन्तर्भुक्त गरिनु पर्छ। सम्पूर्ण क्षेत्रका सामाजिक संगठनहरुले आफ्नो राज्यका मुख्यमन्त्रीहरु लाई भेटी गोर्खाहरुलाई जनजातिमा अन्तर्भुक्त गरिनु पर्छ भनी केन्द्रमा अनुमोदन पठाउन अनुरोध गर्दै ज्ञापन पत्र चडाउने।
५, गोर्खाबाहुल्य क्षेत्रमा सरकार समक्ष गोर्खाहरुको अधिपत्य राख्न बिभिन्न क्षेत्रमा कार्य गर्दै, बिभिन्न सरकारी परिषद, कमिशन, बोर्डहरुमा गोर्खाहरुको प्रतिनिधित्वको नियुक्त गर्न सम्बन्धित बिभागमा मांग राखिनु पर्छ।
६, गोर्खाहरुको बिभिन्न समस्या र मांगहरु लाई अघी बडाउन हेतु सम्पूर्ण संघ-संगठनहरु लिएर सर्बभारतिय स्तरमा एउटा कार्यकारीणीको समिती-एपेक्स बडीको निर्माण।
७, बिभिन्न राष्ट्रिय राजनिती क्षेत्रमा गोर्खाहरुको प्रतिनिधित्व भए भविष्यमा राजनैतीक समाधन खोज्न कठिन नहुने।
८, सम्पूर्ण भारत भरिको गोर्खा सामजिक संगठनहरुको एउटा दह्रिलो सोसिएल नेटवर्किङ ग्रुपको निर्माण।
९, प्रतिभावान गोर्खा विध्यार्थीहरुलाई अझै उच्चशिक्षा र तालिम हासिल गर्न बिभिन्न स्कलर्शिपको गठन।सिबिल परिक्षाको तयारीको निम्ती तालिमको ब्य्वस्था।
१०, बिभिन्न ठाँउबाट गाँस र बासको खोज्न शहरमा आएका हाम्रा दाजु,भाई,दिदी,बहिनीहरुलाई रोजगारको व्यवस्था मिलाउन बिभिन्न स्किल डेबलोपमेन्ट ट्रेनिङ सम्बन्धित बिभागर क्षेत्रमा मिलाइनुपर्छ।
११, सामाजिक संगठनहरुको उत्तरदायित्व लिएर गोर्खाहरुको सर्बागिन बिकासको निम्ती बिशेष पहल र कार्यक्रमहरुको तैयारी।
१२, गोर्खाहरुको मातृभाषाको प्रयोगको अभियान बिभिन्न क्षेत्र र्घरघरमा परिवारबाटै प्रारम्भ गर्नु पर्नेछ।
१३, आसममा गोर्खाहरुप्रती भई रहेको मुलनिवासीको समस्याको निवारण हेतु सम्पूर्ण गोर्खा समुदायले साथ दिने साथै अरु उत्तर-पूर्व राज्यका गोर्खाहरुको समस्यालाई पनि सबै मिली पहल गर्ने।
१४, भारत भरी छरिएर बसेको गोर्खाहरुको निम्ती सामजिक, साँस्कृतीक, भाषा र राजनैतीक जनचेतना बारे बिभिन्न कार्यशाला, गोष्ठी र प्रदर्शिनीहरुको आयोजना।
१५, कार्यक्रमलाई अझै दह्रिलो बनाउन शर्ट टर्म, मिडटर्म, लङटर्म रनणिती अपनाएर अघी बड्ने।
१६, केन्द्र र राज्य सरकार एंव मुख्यदलहरु सित भेटघाट गरेर गोर्खाहरुको बिभिन्न समस्याहरु र कार्यक्रम बारे ज्ञापन दिने एव दबाब बडाउने।
१७, बिभिन्न राज्यहरुको मुख्य शहरहरुमा गोर्खा समुदाय भवनको निर्माणको निम्ती सम्बन्धित निकायमा उजुर गर्ने।
१८, बिगत दिनहरुमा बिभिन्न संगठनहरुले उठाएको मुद्दा गोर्खा च्यानेलको निर्माण कार्य लाई अघी गती दिदै सम्बन्धित निकायमा ज्ञापन दिने।

१९, सबै सबै गोर्खाहरु सामाजिक संगठनहरुले आफ्नो राज्यमा आर०टि०आइ०को माध्यम द्दारा नेपालीभाषी गोर्खाहरुको वास्त्विक जनसंख्या बारे जानकारी लिने।
२०, भारत-नेपाल मैत्री १९५०को संधी लिएर भारतिय गोर्खाहरुको निवारण खोजने।
२१, नेपाली भाषा र साहित्य पनि बिभिन्न विश्वबिद्यालयमा पडाइनु पर्छर बिशेष रुपमा शिक्षा, रक्षा, गृह र बिदेश मन्त्रालय जस्ता महत्वपूर्ण बिभागहरुमा नेपाली भाषालाई कार्यान्वयन गराउन पहल गर्नुपर्छ।
२२, नेपाली भाषाको सुरक्षा र बिकास हेतु संबीधानमा मान्यता प्राप्त भए पछी के कस्ता बिकास र कार्यहरु केन्द्र र राज्य सरकार तर्फबाट पहल भएर अरु के कार्यक्रमहरु गरिनेछ। साहित्य अकादमीमा र नेपाली साहित्य अकादमी के कस्ता बिकास मुलक कार्यहरु हुँदैछ, कती हुनेछ एव के कस्ता योजनाहरु छन त्यस्लाई जान्न सम्बन्धित निकायहरु सित भेट्घाट गरिने छ साथै प्रकाशमा ल्याइने।
२३, गोर्खाफाउनडेशन एव गोर्खा चेम्बर्स एण्ड कमर्श र बिभिन्न क्षेत्रका गोर्खा समुदायका विशेषज्ञहरुको टोली लिएर चाडै नै फिक्की, एसोच्याम, एसएमइ, सिआइआइ एव बिभिन्न बाणिज्य संगठनहरुलाई भेटघाट गरी चियाबारी को समस्या, गोर्खा बाहुल्य क्षेत्रमा रोजगारको ब्यव्स्था र निबेश बारे अपिल गरिनेछ।
२४, त्यमा यसै बर्ष भित्र भारत भरिको सम्पूर्ण गोर्खाहरुको सामजिक संगठनहरुको संयुक्त आयोजनामा बृहत्तरुपमा दोस्रो चरणको गोर्खा राष्ट्रिय महापञ्चायतको बिभिन्न सामजिक संघ-संस्था एंव राजनैतीक संगठनहरुलाई लिएर चाडै नै आयोजना गरिने। सम्पूर्ण गोर्खाहरुको एकता अभियानलाई बृहत्तरुपमा संगठित गरिने।

Post a Comment