असम : शशीपुरमा बाक्सा जिला समिति आग्सुको साधारन सभा सम्पन्न
सुमन गडतोला
खैरानी : बाक्सा जिला को तामुलपुर महकुमा अन्तर्गत शशीपुरमा बाक्सा जिला समिति आग्सुको साधारन सभा सम्पन्न भयो। जिला समिति आग्सुका सभापति लेख सुब्बा को सभापतित्वामा बसेको सभामा सभाको उदेश्य ब्याख्य गर्नु हुन्छ जिला समिति आग्सुका मुलसचिब राजु बजगाइले। उक्त सभामा श्वागतकारिणी समिति का सभापति शिव कुमार राइ, मुलसचिब दामोदर ढुङ्गेल , बाक्सा जिला समिति आग्सुका सांगठनिक सचिब राम छेत्री, शशीपुरका गोर्खा युवनेता लछुमान घिमिरे, र कुमारीकाटा आन्चलिक, मध्य बाक्सा आन्चलिक, सुबनखाटा आन्चलिक, बाक्सा आन्चलिक, नाग्रीजुली आन्चलिक, का आग्सु कर्मी हरु उपस्थित थिए।


Post a Comment