Header Ads

दार्जीलिङको सन्दर्भमा बङ्गालले बोल्ने कुनै अधिकार छैनः एसएलपी


गान्तोक। दार्जीलिङको भूभागमा बङ्गालले जबरजस्ती अतिक्रमण गर्दै आफ्नो हैकम लाद्न खोजेकोमा सिक्किम लिबरेशन पार्टी (एसएलपी) ले आपत्ती जनाउँदै यो ठाउँको असली मालिकाना हक सिक्किम र दिल्लीसित रहेको हुनाले अबको आन्दोलनको सम्झौता दिल्लीसित हुनुपर्ने सुझाउ अघि राखेको छ। एसएलपीका चेयरमेन डीएन नेपालले प्रेस बयान जारी गर्दै भनेको छ, दार्जीलिङको सन्दर्भमा सिक्किम लिबरेशन पार्टी बारम्बार दोहोर्याईरहेको छ कि दार्जीलिङको सन्दर्भमा बङ्गाल अथवा कलकत्ताको बोल्ने र कुनै चुक्तिमा सहि गर्ने नैतिक अधिकार छैन। बङ्गाल सरकारले 1986 मा यो भूभाग सिक्किमको हो भनेर स्वेतपत्र जारी गरिसकेको छ। यसको आधारमा आज पनि कुनै दलले अदालतको हस्तक्षेपको माग गर्दै ढोका ढक-ढकाए अदालतले सोझो हस्तक्षेप गर्न सक्ने उनले दाबी गरेका छन्। उऩले यसैको आधारमा कलकत्तासित यस अघि गरिएका डीजीएचसी र जीटीए जस्ता सम्झौताहरू पनि अवैधानिक रहेको दाबी गरेका छऩ्। 

गैर कानुनी तरिकाले जबरजस्ती कब्जा गरेर बसेको स्वघोषित मालिकसित कुनै वैधानिक सम्झौता हुँदैन, उनले भनेका छन्। यस बिषयमा दार्जीलिङको नेतृत्व अहिले पनि  दोधारमा रहेको बताउँदै उनले भनेका छन् सुवास घिसिङ स्वयंले पनि नो म्यान्सल्याण्ड भन्दै बङ्गालसित सम्झौतामा हस्ताक्षर गर्ने गल्ति गरे। यस्तै गल्ती विमल गुरूङले कुनै वैधानिक मान्यता नभएको जीटीएमा सहि गरेर गरे। अहिले आएर  एकिकृत भएका सबै दार्जीलिङका पार्टीहरूले भन्न बङ्गालसित  हाम्रो कुनै सम्बन्ध र सरोकार छैन भन्न सक्नुपर्ने सुझाउ चेयरमेन नेपालले दिएका छन्। उऩले भनेका छन् अब बरू यो भूभागको असली मालिकाना हक सिक्किमसित र दिल्लीसित छ भन्न सक्नुपर्छ। त्यसैले हामी सोझो दिल्लीसित सम्झौतामा उत्रन चाहान्छौ भन्नुपर्छ।  जुनभूभागमा कलकताको कुनै अधिकार छैन त्यो कलकत्तासित बातचित गर्ने र सम्झौता गर्ने गल्ति अब दोहोरिनु हुँदैन, उनले भनेका छऩ्। अब उसो आन्दोलनकारीहरूले  नेगलेट कलकत्ताको स्टाण्ड लिएर अघि बड्नुपर्ने चेयरमेन नेपालले आह्वान गरेका छऩ्। यसैगरि चेयरमेन नेपालले भनेका छऩ् अब जे हुन्छ दिल्ली सित हुन्छ कलकत्तासित होइन। यही एउटा नारा हो जस्ले एकातिर बङ्गालको सारा हैकम हावामा मिलाई दिन्छ भने अर्कोतिर दिल्लीको दखललाई बाटो खोलिदिन्छ, उनले थपेका छन्।


Powered by Blogger.