Header Ads

नयाँ दिल्ली : जंतर मंतरमा मध्यप्रदेश महिला कांग्रेसकी महासचिव रंजिता राज्यलक्ष्मी राणाको उपस्थित



नयाँ दिल्ली : गोर्खाल्याण्ड संयुक्त संघर्ष समितिद्वारा संचालित साझा मंच को अनिश्चित कालिन क्रमिक धरनाको ४१ वाँ दिन अनि रिले भोक हड़ताल को १३वाँ दिन सुचारू रूपमा चल्यो।

भोक हड़तालमा अशु गुरुंग, नीता छेत्री, राजीव तमांग, राजेन सुब्बा अनि बिरेन प्रधान गरेर जम्मा ५ जानाले आफ्नो सहभागिता जनायेका थिए भने अनसनकारी
हरुलाई उत्साह प्रधान गर्न भारी मात्रमा देशका बिभिन्न ठाँउबाट गोर्खाहरु भेला भएका थिए।

जंतर मंतर धरनामा मध्यप्रदेश महिला कांग्रेसका महासचिव रंजिता राज्यलक्ष्मी राणा उपस्थित थिए।  उनले आफ्नो पार्टी समक्ष गोर्खाल्याण्डको मुद्दा रखने अनि बिपक्षको हैसियतले सदनमा सो कुरा उठाउन जोड दिने पनि आस्वासन दिए। दार्जीलिंगबाट भरत प्रकाश राई अनि अनिल तमांङ्ग पनि आएका थिए।

गोर्खाल्याण्ड क्षेत्र पहाड़,तराई,डुवर्सका युवा युवतीहरु मिलेर जम्मा १३ जाना को टोली साझा मंचमा सामिल भै दिएका बताए। दार्जीलिंगबाट आएका श्री भरत प्रकाश राई अनि अनिल तमांङ्गको हात बाट अनशनकारीहरुलाई जूस पिलाएर अनशनको समापन गरे।
Powered by Blogger.